रोहितको कप्तानीमा नेपाली यू-१९ क्रिकेट टोलीको घोषणा

रोहितको कप्तानीमा नेपाली यू-१९ क्रिकेट टोलीको घोषणा

काठमाडौं । अर्को साताबाट मलेसियामा आयोजना हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

नेपाली टोलीमा चार जना नयाँ खेलाडीले अवसर पाएका छन् । तिलक भण्डारी, खड्क बोहोरा, विशाल बिक्रम केसी र लोकेश बमले टोलीमा स्थान बनाएका हुन् ।

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेल म्यानमारसँग जुलाई २ मा खेल्नेछ ।

नेपाली टोली : 

रोहित कुमार पौडेल (कप्तान)

रित गौतम  

पवन सर्राफ  

भिम सार्की 

कुशल मल्ल 

रशिद खान  

कमल सिंह ऐरी 

सागर ढकाल

हरि बहादुर चौहान

प्रतिष जिसी 

खडक बोहरा 

तिलक भण्डारी 

बिशाल बिक्रम केसी
 

प्रतिकृया दिनुहोस
ad