चट्याङ्ले दाङमा तीन बालकको मृत्यु

चट्याङ्ले दाङमा तीन बालकको मृत्यु

दाङ । दाङमा चट्याङ्ले तीनजना बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै बिनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ् लागेर तीनैजना बालकको मृत्यु भएको हो । सोही रुखमा चढेका बिनासका भाइ ८ वर्षीय अविनास चौधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
फाइल तस्बिर 

प्रतिकृया दिनुहोस
ad