site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपाली युवा खेलाडीहरुको सही ढंगले संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा महाकाली स्पोर्ट्स सोसाइटीले आयोजना गरेको प्रधानमन्त्री महिला कप टी २० क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले खेलाडीहरुको संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने बताएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“खेलकुदले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएकाले खेलाडीहरुको संरक्षण गर्नु जरुरी छ । खेल भनेको केबल मनोरञ्जनका लागि मात्रै होइन यसले युवाहरुमा आत्मविश्वाससमेत जगाउँछ,” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, “सक्षम र अनुशासित युवा जन्माउन खेलकुद क्षेत्रको विकास गर्नु अति आवश्यक छ ।”

सुदूरपश्चिम क्षेत्रमा यसरी राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुनु आफैंमा महत्वपूर्ण उपलब्धि रहेको भन्दै यस किसिमको प्रतियोगिता निरन्तर हुनुपर्ने मन्त्री मगरले बताइन् ।
मन्त्री मगरले सुदूरपश्चिम क्षेत्रमा खेलकुदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Global Ime bank

सुदूरपश्चिम सरकारका उद्योग, वन तथा वातावरण, पर्यटन राज्य मन्त्री प्रकाश रावलले सुदुर पश्चिम क्षेत्रमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउन गुरुयोजना तयार भइरहेको जानकारी दिइन् ।

असार ४ गतेदेखि सुरु महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल सशस्त्र प्रहरी टीम र सुदूरपश्चिम क्लबबीच भएको हो । प्रतियोगितामा सशस्त्र प्रहरी टीमले सुदूरपश्चिम टीमलाई ६ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिम टीमले २० ओभरमा ७१ रनमात्र बनाएको थियो । मन्त्री मगरले विजयी टीमलाई प्रमाणपत्र र पुरस्कार  वितरण गरेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC