site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खेती लाग्‍ने समयमा मल छैन, किसान निराश
Sarbottam CementSarbottam Cement

दाङ । असार १५ लाई नेपाल सरकारले धान दिवसका रुपमा मनाउँदै आएको छ । तर यो वर्ष दाङमा मलको अभावले धान दिवसलाई समेत गिज्याउने अवस्था आएको किसानहरुको गुनासो छ । 

दाङमा अनुदानको मात्र होइन, विना अनुदानको मल पनि बजारमा किन्न पाइँदैन । कृषिलाई आधुनिकरण र यान्त्रिकरण गरी उत्पादनमा वृद्धि गर्ने सरकारले भन्ने गरेपनि दाङका किसान समयमा मल नपाउँदा निराश छन् । मल लामो समयसम्म जिल्लामा नआउँदा किसानहरु चिन्तित छन् । जिल्लामा अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेड र नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वितरण गर्दै आएका छन् ।

जिल्लामा एक महिना पहिलेदेखि डिएपी मल नआएको कृषि सामग्री कम्पनीले जनाएको छ । पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराएपनि एक बोरा पनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी घोराहीका प्रमुख विष्णु केसीले बताए । उनले पहिलो चरणमा मल आएको र हाल मलको अभाव देखिएको बताए । “अहिले युरिया मल भैरहवामा छ भन्ने खबर आएकाले इच्छुक सहकारीलाई भैरहवा पठाउने तयारी गरेका छौँ । हामीसँग अहिले कुनै मल छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

मल खरिदका लागि प्रक्रिया नै अगाडि नबढाइएकोले मल कहिले आउँछ भन्न नसकिने उनको भनाइ छ । जिल्लाभर सहकारी संस्थामार्फत् किसानलाई मल उपलब्ध गराउँदै आएपनि हाल सहकारीमा पनि रासायनिक मल छैन । मलको लागि भने किसानहरु दिनहुँ भैतारी रहेका छन् । कृषि सामग्री कम्पनी घोराहीले यो वर्ष युरिया १ हजार ४ सय ७५ मेट्रिकटन, डिएपी ९ सय ८ मेट्रिक टन र पोटास ३९.५ मेट्रिक टन वितरण गरेको जनाएको छ । यो परिमाण गत वर्षको तुलनामा करिव ६० प्रतिशत कम भएको कम्पनी प्रमुख केसीले बताए ।

त्यस्तै, साल्ट ट्रेडिङले यो वर्ष डिएपी ६ सय ८० मेट्रिक टन, युरिया १ हजार २ सय २३ मेट्रिक टन र पोटास ३८ मेट्रिक टन वितरण गरेको छ । यो गत वर्षको तुलनामा करिब ५० प्रतिशत कम रहेको लिमिटेडका दाङ जिल्ला प्रमुख आनन्द प्रधानले बताए । यो वर्ष रासायनिक मल नआएकाले किसानको आवश्यकता अनुसार वितरण गर्न नसकेको उनको भनाइ छ ।

Global Ime bank

“सहकारी संस्थाका प्रमुखहरुले दिनहुँ फोन गरेर मल आएको छ कि भनेर सोध्ने गर्नुहुन्छ,” प्रमुख प्रधानले भने, “तर माथिबाटै मल आउने टुङ्गो नभएकाले छैन भन्ने गरेका छौँ ।” बर्खे सिजनको लागि जिल्लामा अझै धेरै मलको माग रहेको उनले बताए । जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत तथा साल्ट कर्पोरेसनले ३० प्रतिशत अनुदानको मल वितरण गर्दै आएका छन् ।

अविलम्ब किसानलाई मल उपलब्ध गराउः कांग्रेस  

यसैबीच, नेपाली कांग्रेस दाङले अविलम्ब किसानको माग सम्वोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा प्रेस विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस दाङले अविलम्व किसानको माग सम्वोधन गर्न ध्यानाकर्षण गराउँदै त्यसो नभए किसानको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

असार १५ गतेलाई मानो फालेर मुरी फलाउने दिन भनिए पनि किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारले कुनैपनि चासो नदिएको हुँदा किसानको आशामा तुसारापात भएको कांग्रेस विज्ञप्तिमा उल्लेख छ । धानको ब्याड छिप्पि सक्दासम्म पनि सरकारले खेतीको लागि किसानलाई आवश्यक पर्ने रासायनिक मल उपलव्ध गराउन कुनै चासो नदिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सरकारलाई किसानमाराको संज्ञा समेत दिएको छ । “मध्य असारसम्म पनि कृषि सामग्री कम्पनीका गोदाम रित्तो हुनुले जगत हँसाएको र कृषिप्रधान देश भनिए पनि त्यो लज्जास्पद विषय बनेको छ,” विज्ञप्तिमा भनिएको छ । किसानको मागलाई छिटोभन्दा छिटो सम्वोधन गर्न माग गर्दै कांग्रेसले खेतीको समयमा किसानको आवाजलाई नजरअन्दाज गरिए राज्य विरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १५, २०७६  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC