site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्प र किमबीच भेटघाट, किमलाई ह्वाइटहाउसमा आउन निम्तो
Ghorahi CementGhorahi Cement

सिउल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच आज दुई कोरियाको सीमावर्ती क्षेत्रमा संक्षिप्त भेटघाट भएको छ । ट्रम्पले सो अवसरमा किमलाई ह्वाइट हाउसमा आउन निम्तो गरेका छन् । ट्रम्पले भेटपछि भने, ‘‘मैले किमलाई अहिले नै निम्तो गरेको छु । धेरै सकारात्मक कामहरु भइरहेका छन्, धेरै नै सकारात्मक ।’’

अमेरिकी निम्तोको बारेमा किमले भने कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । किमले अमेरिकी राष्ट्रपतिले उत्तर कोरियामा टेक्नु  ऐतिहासिक क्षण भएको सो अवसरमा बताएका थिए । यो लाइन पार गरेर आउनु ठूलो सम्मान भएको बताउँदै किम र आफूबीच महान मित्रता भएको ट्रम्पले समेत बताए ।

Agni Group

ट्रम्प जापानको ओशाकामा आयोजित जी—२० शिखर सम्मेलनपछि अहिले दक्षिण कोरियाको भ्रमणमा छन् ।  डिमिलिटराइज्ड  जोनमा भेट्ने चाहना व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले ट्विट गरेपछि उत्तर कोरियाका नेता पनि भेट्न त्यहाँ पुगेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपतिले उनीहरुबीच शान्तिका लागि हात मिलाउने काम हुने जनाएका थिए । उनीहरु उभिएकै अवस्थामा कुराकानी गरेका थिए । गएको फेब्रवरीमा दोस्रो चरणको बैठक अमेरिका र उत्तर कोरियाबीच भियतनाममा भएकोमा अहिले तेस्रो चरणको वार्ता भएको हो ।  विगतमा वार्ता असफल भएकोमा अहिले फेरि भएकोले यो क्षेत्रमा शान्तिका लागि चासो लिनेहरुले सन्तोष व्यक्त गरेका छन् ।

Global Ime bank

ट्रम्पको शनिबारको प्रस्तावलाई उत्तर कोरियाले यसअघि  ‘चाखलाग्दो’ भन्ने टिप्पणी गरेको थियो । 

(सीएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC