site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 भ्रान्त विकासका नमुना

हाम्रो पुस्ताले नाम सुन्दा प्रदीप गिरि ‘हिरो’ भइसकेका थिए । राजनीतिमा चासो राख्ने र अझ नेपाली कांग्रेसप्रति आकर्षित युवामध्ये उनको नाम नसुन्ने बिरलै थिए । प्रदीप वक्ता र अध्येताका रूपमा बढी चर्चित थिए । उनको राजनीतिमा असहमत हुनेहरू पनि विद्वतामा कायल हुन्थे । एकपटक सूर्यप्रसाद उपध्यायले बाहेक कसैले उनको अध्ययनमा मिनमेख गरेको मैले सुनेको छैन । सूर्य बाबुले पनि माया गरेरै उल्याएका थिए । यो भूमिका किन बाँधेको भने संसद्मा प्रदीप गिरिले अहिलेको विकासलाई ‘भ्रान्त विकास’ वा विकासको भ्रान्तिपूर्ण नमुना भनेका छन् । (सञ्चार माध्यममा समाचार लेख्दा र अझ तिनलाई पढ्दा कति  बुझिन्छ कति बुझिँदैन । तर, प्रदीप जीले अहिलेको विकासलाई भ्रान्ति भने होलान् भनेर म पत्याउँछु । विकासको यो शैलीले विध्वंशतर्फ लगेको छ भन्नेमा मलाई पनि कुनै भ्रम छैन । त्यसो त उनको ‘समाजवाद’ को रटान र अडानबाहेक अरू धेरै कुरा मन पनि पर्छ तर ‘समाजवाद’का नाममा भएका कुनै पनि प्रयोग मानवीय हुननसकेको थाहा पाएपछि मलाई समाजवाद मन परेन । जेहोस्, यी अग्रज समाजवादीलाई उनकै धर्ममा रहन दिऊँ !) 

‘भ्रान्त विकास’ सम्बन्धी उनको भनाइ गहिरो छ । र, बुझ्न खोजे सजिलो पनि छ । अगिल्लो साताका केही घटना उदाहरणका रूपमा :

Prabhu Bank
Agni Group
NIC Asia

१.गत साता बुधवार राति अलि ठूलो पानी पर्नेबित्तिकै पृथ्वी राजमार्गको धादिङ जिल्लामा पर्ने बैरेनी बजारमा डाँडाबाट बगेको लेदोले बाटो थुन्यो । मोटरहरू नै फसेका थिए रे ! बिहीवारमात्र बाटो खुलाइयो । बिहीवार जाममा परेका माइक्रो बसका चालक भन्थे पोखराबाट बिहान ६ बजे हिडेको काठमाडौं पुग्दा ५ बजेको थियो । शुकवार काठमाडौंबाट जाँदा बाटो त खुलेको थियो तर सडकमा माटैमाटो थियो ।
नेपालका पहाडी भागमा पहिरो जानु वा भलले माटो बगाएर ल्याउनु खासै नौलो कुरा हैन । तर, बैरेनीको लेदो प्रकृतिका कारण सडकमा आएको भने हैन । मैले पढेको कुनै समाचारमा स्पष्ट लेखिएको त देखिन तर सामाजिक सञ्जाल र बसका यात्रुहरूको कुरा सुन्दा (गल्छीमाथिको कुनै गाउँकी प्रौढ महिला पोखरा जान हामी आएकै माइक्रोमा चढेकी थिइन् । उनको गाउँ हर्कपुर (?) भनेजस्तो लाग्छ । पानीले त्यहाँ मोटर जाने बाटो पनि बिगारेको छ रे ! ) के बुझिन्छ भने पृथ्वी राजमार्गमाथि खानी भन्दै जथाभावी बालुवा खनिएको रहेछ । बालुवा ओसार्न बनाइएको कच्ची बाटोबाट त्यो लेदो बगेको रहेछे । खानी चलाउने चाहिँ अहिले त्यही गाउँपालिकाका अध्यक्ष छन् । उनी खानी चलाएर अध्यक्ष भएका हुन् कि अध्यक्ष भएपछि खानी चलाएका हुन् त्यो थाहा पाउन सकिएन । तर, यसरी गाउँपालिका नगरपालिकाका अध्यक्ष र ठेकेदार, खानी सञ्चालक, स्काभेटर मालिक हुने कतिछन् भनेर गनेरै नसकिने बेलामा ‘अण्डा कि चल्ला’को बहस पनि के अर्थ भयो र ? यत्ति हो गाउँपालिकाका अध्यक्षको खानीका कारण थुनिएको हुनाले बाटो खुलाउन स्थानीय सरकारले पनि सक्रियता देखाएछ । अब, बाटो खोल्न गरिएको खर्च स्थानीय सरकारले बेहोरेको रहेछ नै भने पनि मानवीय सहायतामा खर्च भएको ठानिदिए हुन्छ । त्यसमाथि त्यहाँका अध्यक्ष सत्तारुढ पार्टीका नेता हुन् भने त झन् यसै ‘खतबात’ माफ हुने नै भयो । 

Global Ime bank

२.    शनिवार बिहान छिम्मेश्वरी माईको थपना गरिएको जरेबरमा दर्शन गर्न गएँ । खहरे खोलाको पारिपट्टिको किनारमा धमाधम स्काभेटरले खोस्रँदै रहेछ । माईको दर्शनपछि खोलाको छेउमा गएँ । त्यहाँ त तल भदौरेतिर जाने कुलो छ । बर्खा लागेपछि कुलो भत्काएर के गर्न लागेको होलान् ? जस्तो लाग्यो । सोधेँ – के गर्न लागेको ? तटबन्ध गर्न लागेका रहेछन् । खहरे खोलालाई दुईतिर ढुंगाको पर्खाल लगाएर छेक्ने मूर्खताको निरन्तरता ! स्काभेटरले कुन बेला भएकै कुलो भत्काउने हो भन्ने लाग्यो । ‘‘मान्छेले खनेको भए हुने’’ भने । बजेट ढिला आयो । सक्नु पर्ने भयो । समितिले ठेकेदारलाई दियो । मान्छेले खन्दा ढिलो हुन्छ । यसैले स्काभेटर लगाउनु परेको हो । उनीहरूको उत्तर थियो । त्यही वडामा गण्डकी प्रदेशका शक्तिशाली मन्त्री छन् । असार सकिन लाग्दा खर्च नभएको रकम रकमान्तर गरेर बजेट पारिदिए होलान् । ‘तटबन्ध’ आकर्षक काम पनि हो । तर, कुलोको छेउमा भत्काएर पर्खाल लगाउन्जेल खोलामा बाढी आउँदैन भन्न सकिँदैन । बाढी आइहाल्यो भने त (नआए हुन्थ्यो तर बिहीवारमात्रै ससानो बाढी आएको रहेछ । ) कुलो पनि तटबन्ध पनि स्वाहा ! खेतमा घर बनाइसकेकाले हो कि कुलोका उपभोक्ताले पनि खासै वास्ता गरेको देखिएको छैन । उनीहरूलाई पनि लागेको होला तटबन्ध बनाउनु त विकास हो । अनि, ‘मेरोमात्र खेत सुक्ने हैन क्यारे !’ ‘ट्रेजेडी अफ कमन्स’को रोग ! अर्थात् विकासको भ्रान्त धारणा । खहरे खोलालाई तटबन्ध गर्न थालेपछि शिरदेखि पुछारसम्मै दुवै किनारामा ‘तटबन्ध’ गर्नुपर्छ भन्ने ज्ञान अहिलेसम्म पनि विकासे ठेकेदारले पाएनन् । शिरदेखि पुछारसम्मै तटबन्ध गरिसकेपछि पनि खहरे अर्कै बाटो लाग्नसक्छ भन्ने सम्झन त विकासको भ्रान्त धारणा त्याग्नुपर्छ । कारण भौतिक निर्माण सबै  त राम्रा र हितकारी हुँदैनन् नि । प्रकृतिलाई सकेसम्म नबिथोलीकन गुजारा चलाउनुपर्छ । प्रकृतिसँग मिलेर बस्नेहरू त्यसलाई कजाउन खोज्नेभन्दा बढी सुखी र सुरक्षित हुन्छन् ।   


जसरी सकिन्छ त्यसरी प्राकृतिक स्रोतसाधनको दोहन गर्नुपर्छ भन्ने मानसिकता ‘भ्रान्त विकास‘कै चरित्र हो । धर्तीको पनि भारवहन क्षमता हुन्छ । भ्रान्त विकासका सूत्रधारहरू भने धर्तीको भारवहन क्षमताको सम्मान गर्नुपर्छ भन्ने मान्दैनन् । भौतिकवादीहरू धर्तीको जसरी र जति दोहन गरे पनि हुन्छ भन्ने ठान्छन् । धर्ती र प्रकृतिलाई लुट्ने विषयमा संसारभर पुँजीवादी र समाजवादी एक हुन्छन् । विश्वेश्वरप्रसाद कोइरालाले स्पष्ट शब्दमा विकासको प्रचलित समाजवादी र पुँजीवादी दुवैलाई ‘फोर्ड मोडल’ भनेका छन् । र यो फोर्ड मोडलको विकृतरूप अहिले नेपालमा प्रचलित छ ।
र अन्त्यमा
विकासको भ्रान्त मोडल जताततै देखिन्छ । प्रत्यक्ष अप्रत्यक्ष करिब एक अर्ब राज्यको ढुकुटीको पैसा खर्च गरेर नेपाल सरकारले भारतीय उद्योगको एउटा कार्यक्रम गर्दैछ । पर्यटन प्रबर्धन हुन्छ भनेर सहयोग गर्न लागेको बताइएको छ । त्यस्तो कार्यक्रममा सरकार आयोजक हुनु यथार्थमा त लाजमर्दो विषय हो । त्यसलाई थाती राखेर अहिले हिन्दी चलचित्रकी एक अभिनेत्री जुही चावलाको एक वर्ष पहिलेको एउटा ट्विटको सम्झना भयो । यता स्थिति धेरै बदलिएको छैन । अहिले आउने भनिएकाहरूको मानसिकता र मानसिक स्तर पनि उस्तै त होला । अनि पर्यटक बढ्लान् कि घट्लान् ? कतै नदुखेको टाउको डोरी लगाएर दुखाइएला है सरकार जी ! 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १६, २०७६  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC