site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यौनविकृत मनोदशाको दुस्परिणाम ! सन्तानले नै लिइन् ज्यान
Ghorahi CementGhorahi Cement

काठमाडौं । असार १५ । चलनचल्तीको मानो रोपेर मुरी उब्जाउने दिन । त्यही दिन भक्तपुर चाँगुनारायणको एकलास घरमा दर्दनाक घटना घट्यो ।

भर्खर निर्माण सकेको र रङसमेत सुक्न नपाएको घरमा सिन्धुपाल्चोक साविक बाँडेगाउँ गाउँ विकास समिति हाल इन्द्रावती गाउँपालिका–५ की सावित्री भट्टराईको घाँटी रेटेर दारूण हत्या भयो– आङै सिरिङ्ग हुनेगरी ।

पाँच छोरीकी आमा सावित्री कान्छी छोरी ईश्वरी भट्टराई र ज्वाइँ सोनाम थापा मगरसँगै बस्दै आएकी थिइन् । पतिसँग अलग रहेर छोरीसँगै बस्दै आएकी आफ्नै जोडबलमा घर बनाएर डेढ महिनाअघि मात्रै सरेकी थिइन्, सावित्री । र, त्यहीँ रेटिएको थियो उनको गर्दन ।

Agni Group

एयरपोर्टमा होटल व्यवसाय गर्ने ज्वाइँ सोनाम त्यसदिन घर थिएनन् । छोरी ईश्वरी पनि घरमा नभएको पाइयो ।

चार वर्षीय नाति दीप्सनलाई उनै सावित्राले स्कुल पुर्‍याएको प्रत्यक्षदर्शीले बताए ।

Global Ime bank

कसले किन गर्‍यो त नृशंस र पाशविक हत्या ?

चौबीस घण्टा नबित्दै प्रहरी हत्याको वास्तविकता छेउ पुगिसकेको छ । र, अभियुक्तहरू हिरासतमा छन् ।

हत्यारा अरू कोही नभएर आफ्नै छोरीको प्रेमी मोहम्मद नौसाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको मुख्य योजनाकार थिइन्– आफैँले जन्माएकी र सर्वस्व (जायजेथा) सुम्पिएकी छोरी– ईश्वरी ।

ईश्वरी र उनका प्रेमी नौसादसहित हत्यामा संलग्न भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरिसकेको छ ।

अभियुक्त चारैजनाले आफ्नो कसुर (अपराध) कबुल पनि गरिसकेका छन् ।

यौनविकृत मनोदशाको दुस्परिणाम !

नेपाली समाज यौनको मामलाका उदार होइन, अतिरिक्त उदार बन्दै गएको विभिन्न आपराधिक घटनाले पुष्टि गर्छन् । र, पछिल्लो कडी बनेको छ– सावित्री हत्याकाण्ड ।

ईश्वरी र नौसादबीच झन्डै एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरूबीच बेलाबखत शारीरिक सम्बन्ध हुने गरेको प्रहरीसमक्ष साविती बयान दिइसकेका छन् । यसको साक्षी स्वयं आमा सावित्री थिइन् ।

पतिसँग अलग रही जायजेथा, धनसम्पत्ति ईश्वरीकै नाममा गरिसकेकी सावित्रीलाई छोरीको हर्कत पाच्य हुने कुरा भएन । चारजना छोरी आ–आफ्नै गरी खाएकाले उनको ‘भाग्य’ ‘भरोसा’ भन्नु तिनै ईश्वरी थिइन् । छोरीका हर्कतले पछिल्लो समय सावित्री निकै तनावमा थिइन् । उनले पटक-पटक छोरीलाई सम्झाइबुझाइ पनि गर्थिन् । कुबाटोमा नहिँड्न सचेत गराउँथिन् ।

ईश्वरीले सुध्रिन चाहिनन् । बरु यौन विकृत मनोदशाले ग्रस्त भएर आमालाई आफ्नो बाटोबाट हटाउने तानाबुना बुन्न थालिन् । तयारीस्वरूप उनले प्रेमी नौसादलाई डेढ लाख खर्चिएर दुबई पठाइन् । र, उनी यहाँ उपयुक्त मौकाको प्रतीक्षामा रहिन् ।

नौसाद दुबई गएको केही दिनमै नेपाल फर्किए र सावित्रीको हत्याका लागि नाताले फुपूका छोरा पर्ने रहिशसँग १२ लाख रुपैयाँको डिल गरेको पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिइसकेको छ ।

रहिशले गार्मेन्ट कारखानामा काम गर्ने भोलाको मद्दतमा कर्तव्य गरेको प्रहरी बताउँछ । बयानलाई आधार मान्दा अभियुक्त नौसादले सावित्रीको मुख थुनेको, भोला भन्ने अर्जुन कुमारले हात समातेको र रहिशले चक्कुले गला रेटेको थाहा लाग्छ ।

चार वर्षे बालखसँग सोधपुछका आधारमा प्रहरीले मुख्य अभियुक्त नौसादको पहिचान गरेको थियो । उनैको सहयोगमा अरू दुई अभियुक्त मकवानपुरको गौँडामै समातिएका थिए ।

आमाको हत्यामा आँसु बगाइरहेकी ईश्वरीको नाटक तीनै अभियुक्त प्रहरीको नियन्त्रणमा आइसकेपछि अतिरिक्त लम्बिन पाएन । घरबाटै पक्राउ परिन् उनी ।

लुटिएको भनिएको २२ लाख रुपैयाँ पनि आमाले गरगहना र जायजेथा बेचेर जम्मा गरेकी थिइन् र केही दिनअघिमात्रै छोरी ईश्वरीको जिम्मामा सुम्पिएकी थिइन् । छोरीको विकृत प्रेमको तगारो महसुस गरिएकी सावित्रीलाई पन्छाउन त्यही रकम ‘सुपारी’ बन्दै थियो ।

मुख्य योजनाकार आफ्नै श्रीमती भएको थाहा पाएपछि श्रीमान् स्तब्ध

एकाघरका आफन्तजनबाट अभिभावक मर्माहत बनेको, मृत्युवरण गर्न बाध्य भएको घटना रजतपटमा समेत सक्रिय रहेका सोनामले थाहा नपाउने कुरै भएन । 

तर, आफैँले जन्माएको छोरीको योजनामा सासूको प्राणपखेरु उड्ला र हत्याराको रूपमा आफ्नै श्रीमतीको अनुहार हेर्नुपर्ला, आफैँले त्यस्तो त्राशद झेल्नुपर्ला भनेर सोनामले सपनामा पनि चिताएका थिएनन् ।

आफैँले निर्माण गरेको चलचित्र ‘एकलव्य’को प्रमोसनमा रहेका सोनाम यो वीभत्स समाचार सुनेर छाँगाबाट खसेजस्ता भए ।

“उहाँ (सोनाम)लाई आफ्नी श्रीमतीको कर्तुतबारे केही पनि थाहा रहेनछ, मुख्य योजनाकार आफ्नै श्रीमती रहेको रहस्य खुलेपछि उहाँ ‘सक्ड’ हुनुभएको छ,” सावित्रीकी बहिनीका छोरा बालकृष्ण दुलाल भन्छन् ।

उनका अनुसार सोनाम भट्टराई परिवारकै सान्निध्यमा हुर्किएका हुन् । टुहुरा सोनामलाई सानैदेखि पालनपोषण गरेको भट्टराई परिवारले अन्तिममा ज्वाइँका रूपमा वरण गरेको थियो । 

सोनाम र ईश्वरीबीच आठ वर्षअघि बिहे भएको थियो । उनीहरूका चार वर्षे छोरा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC