site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
 आठ घण्टापछि फेसबुकको समस्या समाधान
Sarbottam CementSarbottam Cement

वाशिङटन । सोसल मिडिया एप्स फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप लगभग आठ घण्टा गडबड भएर आज बिहानबाट सामान्य अवस्थामा फर्केका छन् । यो एप्स पुरै ठप्प नभएपनि यसका केही फिचरमा समस्या देखिएको थियो । अब फेसबुकले समस्या हटिसकेको जनाएको छ । यो एप्सका साथ मुख्य समस्या तस्बिर र भिडियोलाई लिएर भइरहेको थियो । 

फेसबुक वेबसाइट तथा एप्सको न्यूजफिडमा तस्बिर लोड भइरहेको थिएन भने इन्स्ट्राग्राममा पनि यस्तै समस्या भएको थियो । ह्वाट्सएपमा पनि तस्बिर र भिडियो पठाउन तथा डाउनलोड गर्न समस्या भएको थियो । कतिपय प्रयोगकर्ताले फेसबुकमा तस्बिर, भिडियो वा अन्य डेटाको एप्स वा वेबसाइट दुवै स्थानमा एक्सेस नपाएको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्स्ट्राग्राममा पनि स्टोरी देख्न गाह्रो हुनुको साथै केही तस्बिर लोड हुन पाएका थिएनन् । समस्या सिर्जना भएपछि फेसबुकले ट्विट गर्र्दै आफूलाई यो समस्याका बारेमा जानकारी रहेको र यसमा काम भइरहेको जनाएको थियो । 

नेपाली समयअनुसार बिहीबार बिहान ४ बजेर ५१ मिनेट जाँदा समस्या हटेको हो । फेसबुकले समस्या समाधान भएपछि ट्विट गर्दै भनेको छ,‘‘केही मानिस तथा बिजनेशबाट  हाम्रो एप्स तथा प्लेटफर्ममा तस्बिर, भिडियो र अन्य फाइल पठाउन गाह्रो भएको थियो । यो समस्या समाधान भएको छ ।’’
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC