site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सुडान संकट, सेना र विपक्षीबीच सहमति
Sarbottam CementSarbottam Cement

खार्तुम । सुडानमा महिनौंदेखिको प्रदर्शनको नेतृत्व गरिरहेका विपक्षी नेताहरु र सेनाबीच शक्ति बाँडफाँडमा नयाँ सहमति भएको छ । ऐतिहासिक मानिएको उक्त सहमतिसँगै आगामी तीन वर्षसम्म मुलुकको राष्ट्रपतिमा सेना र विपक्षी नेताहरुले आलोपालो नेतृत्व गर्नेछन् ।

इथियोपिया र अफ्रिकी युनियनको मध्यस्थतामा दुई दिनदेखि जारी वार्तामा उक्त सहमति भएको हो । सहमतिसँगै राजधानी खार्तुम र देशका प्रमुख शहरहरुमा खुशीयाली र समर्थनमा जुलुसहरु निस्किएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही अघिदेखि भइरहेका वार्तामा मुलुकको नेतृत्व सेनाले गर्ने वा नागरिकले गर्ने भन्ने विषयमा मतान्तर थियो । 

अफ्रिकी युनियनका मध्यस्थकर्ता मोहमद अल हासेन लेबाटले दुबै पक्षबीच आगामी तीन वर्षका लागि सैनिक र नागरिकबाट आलोपालो राष्ट्रपति हुनेगरी सहमति भएको जानकारी दिए ।

Global Ime bank

गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमार अल–बासिरलाई सेनाले नै सत्ताच्यूत गरेपछि राजनीतिक गतिरोध अझ बढी गहिरिएको थियो । देशव्यापी विरोध प्रदर्शन नरोकिएपछि सेनाले गरेको हस्तक्षेपका कारण गत महिना दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।

सुडानी सेनाका दोस्रो दर्जाका जनरल मोहमद हमदान डागालोले पछिल्लो सम्झौता पूर्ण रुपमा समावेशी रहेको र यसले कसैलाई अलग नराखेको प्रतिक्रिया दिए । वार्तामा सहभागी सुडानी प्रफेसनल एसोसिएसनले दुवै पक्षबीच भएको सहमतिलाई सोमबार हस्ताक्षर गरी सार्वजनिक गरिने जनाएको छ । 

एसोसिएसनले पहिलो २१ महिना सेनाले राष्ट्रपतिको नेतृत्व गर्ने र बाँकी १८ महिना नागरिकका तर्फबाट राष्ट्रपति हुने सहमति भएको जनाएको छ । - एजेन्सी

तस्बिर - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC