site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओलीको शिष्यः ‘छौँडा’ को भाष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कम्युनिस्टका गुरु कार्लमार्क्सले धर्मलाई अफिमसँग तुलना गरे । अरबाैं कम्युनिस्टमार्गीलाई सनातन धर्म र रूढ मान्यताबाट अलग रहन सिद्धान्ततः प्रेरित गरिरहे ।

तिनै मार्क्सका शिष्यले जिम्मेवार निकायमा रहेर रुढीग्रस्त मान्यताको पृष्ठपोषण गर्दा के परिणाम आउँछ ? पक्कै आलोचनाको बाढी आउँछ । टीका टिप्पणीको वर्षा हुन्छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले एकाबिहानै आलोचक र सरकारका कार्यशैलीप्रति असहमति प्रकट गरिरहेकाहरूलाई ‘छौँडा’को संज्ञा दिएपछि उनको व्यापक आलोचना भइरहेको छ ।
आइतबार बिहानै रिमालले काव्यिक शैलीमा झटारो हाने ।

Prabhu Bank
Agni Group
NIC Asia

“भनिन्छ, छौँडाहरू
आफैँ चलमलाउँदैनन्,
कसैले छोड्छन्, 
दुःख दिन्छन् !
यी छौँडाहरू 
आफैँ चलमलाएका हुन् की
कसैले छोडेका ?”

उनले ठ्याक्कै कसलाई भन्न खोजेका हुन्, ट्विटले भन्दैन । तर, ट्विटको लाक्षणिक अर्थभित्र पस्ने हो भने उनको अभिव्यक्ति सिधै सरकार विरोधीतिर सोझिन्छ । सरकारको कार्यशैलीप्रति असहमति जनाइरहेका जमात र आलोचक वृत्तलाई ठेगान लगाउन उनले अमर्यादित, अशिष्ट र ‘रूढ शब्द’को सहारा लिए । 

Global Ime bank

अन्ततः प्रत्युत्पादक साबित भयो ।

भनिरहनु परेन – आलोचना सुन्ने र सुन्नुपर्ने ठाउँमा भए पनि ओली नेतृत्वको कम्युनिस्ट सरकार आलोचकप्रति बढी नै असहिष्णु छ । 

सचिवालय तहबाट होस् या प्रधानमन्त्री स्वयम्ले नै आलोचनाप्रति रोष प्रकट गर्दै आएका छन् । आलोचना/असहमति/फरक मतलाई लोकतन्त्रको गहना नै मानिन्छ । तर, सरकारका वरिपरि रहेकाहरू पनि आलोचना सुन्नै चाहँदैनन् । हरतरहले आलोचनालाई निस्तेज तुल्याउन लागि परेका छन् ।

आलोचनाप्रति असहमति प्रकट गर्नु पनि अशोभनीय होइन । त्यो पनि लोकतान्त्रिक अभ्यासभित्रै पर्छ । अभिव्यक्ति स्वतन्त्रताबाट पर सरकारमा बसेका पनि त हुँदैनन् । तर, सरकार आफैँ आलोचकभन्दा ज्यादा पूर्वाग्रही बनेको प्रतीत हुन्छ ।

यही कारणले हुनसक्छ – आलोचकप्रति कटु शब्द प्रयोग गर्दा दुईदुईपटक मुख्य सल्लाहकारको भूमिका निर्वाह गरिसकेका रिमाल विवादमा परे ।

प्रधानमन्त्रीको अभिव्यक्तिमा लगाम लगाउन सचिवालय असमर्थ रह्यो भन्ने आरोप खेपिरहँदा स्वयम् सल्लाहकारहरूको अयोग्यता छरप्रस्ट भयो ।

के हो छौँडाको शाब्दिक अर्थ ?

‘छौँडा’ मर्यादित शब्दावली होइन । समाजको रूढग्रस्त चिन्तनको उपज हो । नेपाली शब्दकोशमा ‘छौँडा’का अनेकौँ अर्थ छन् । हाम्रोजस्तो जातीय, भाषिक, विविधतायुक्त समाजमा यसका अनेकौँ भेगीय, क्षेत्रीय र जातीय अर्थ होलान्, खोज्दैजाँदा । केहीले राम्रो अर्थ पनि देला । प्रयुक्त पनि होला ।

तर, ग्राम्य परिवेशमा ‘छौँडा’को घातक अर्थ हुन्छ । सभ्य र सुसंस्कृत समाजमा यस्तो शब्दावलीको प्रयोग कहीँकतै गरिँदैन र गर्न मिल्दैन पनि । अझ कम्युनिस्ट सिद्धान्तमा अडिँदै आएका र आस्था राख्नेले ‘छौँडा’को मान्यता बोकेर हिँड्नु आफैँमा विभ्रम र विरोधाभास हो ।

तर, प्रधानमन्त्रीका मुख्य सल्लाहकारले निर्माण गरेको छौँडाको भाष्यमा उनको कमजोर चेतनास्तर प्रतिविम्बित भएको छ । र, उनले इमान्दारीपूर्वक माफी माग्नुको विकल्प देखिँदैन ।

हाम्रो शब्दकोशमा छौँडाले दर्जन बढी अर्थ बोकेको छ । नेपाली शब्दकोश पल्टाउँदा छौँडाको निम्न अर्थ लाग्छन्–

छौँडा— (ना) १ बालकः शिशुः बच्चो । २. छोरो । ३. दासपुत्र । ४. लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो । 

छौँडी— ना. १. आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटीः चिचीभुँडीः दुख दिने गज्याबगज्याब सन्तानः छोराछोरी । २. बोक्सीका तथाकथित छौँडा र छौँडीहरूको समूह । 
छौँडी— ना. १. केटीः ठिटी । २. छोरी । ३. बोक्सीद्वारा तालिम दिइएको तथाकथित पोथी बिरालो ।

छौँडो— (ना. हे.) छौँडा । 

छौँड्याहा— (वि) १. छौँडो पाल्नेः बिरालो पाल्नेस छौँडा प्रयोग गर्ने । २. बोक्सोः टुनेमुने । ३. आमाबाबु नभएको वा पिराहा ।

शब्दकोशभित्रको छौँडाले विविध अर्थ बोकेको भए पनि ग्रामीणवृत्तमा मुख्यतः ‘बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो’लाई नै जनाउँछ ।

मुलुकको कार्यकारी प्रमुखलाई सल्लाह सुझाव दिने निकायमा बसेको व्यक्तिले संविधान, प्रचलित ऐनले बन्देजलगाएको मान्यताको वकालत गर्न मिल्छ कि मिल्दैन ? ट्विटले उब्जाएको गम्भीर प्रश्नचाहिँ यो हो ।

प्रधानमन्त्रीले पनि सावधानी अपनाएका छैनन् 

त्यसो त ‘छौँडा’ शब्दको प्रयोग गर्ने रिमाल एक्ला होइनन् । तत्कालीन एमाले अध्यक्ष केपी ओलीले २०७३ साउन १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पनि ‘भारतले रातदिन ‘छौँडा’ खेलाएर पिरोल्न थालेको’ बताएका थिए ।

त्यतिबेला प्रधानमन्त्रीको ‘राष्ट्रवादी छवि’ उचाइमा पुगेको थियो । ०७२ असोज– चैतसम्मको झन्डै आठ महिना लामो भारतीय नाकाबन्दीको सामना गरेकाले पनि ओलीको अभिव्यक्ति खासै विवादमा परेन । एक किसिमले भन्ने हो भने, भारतलाई सकुन्जेल गाली गर्दा बढी नै राष्ट्रवादी ठहरिने बेला पनि थियो त्यो ।

तर, रिमालले निर्माण गरेको छौँडाको भाष्यले सामाजिक सञ्जालमा प्रशस्त आलोचना जन्माएको छ । 

सल्लाहकारहरू बहकिए

पार्टी स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्य, पार्टीको जिम्मेवारीमै रहेका ६ जना प्रधानमन्त्रीको सचिवालयमा छन् । 

त्यसमध्ये रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई विषय विज्ञमात्र होइन, अनुभवी पनि हुन् । प्रेस सल्लाहकार डा. कुन्दन अर्याल सम्बन्धित विषयका ज्ञाता हुन् । तर, उनीहरूका अभिव्यक्ति पनि विवादको घेराभन्दा बाहिर छैनन् ।

केही दिनअघि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराईले त्यस्तै विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जाल (फेसबुक, ट्विटरमार्फत) दिए ।

सिंगो काठमाडौं उपत्यका सरकारले संघीय संसद्मा दर्ता गराएको गुठी विधेयकविरुद्ध थियो । केही दिनअघि पानीका फोहोरा हानेर लखेटिएका नेवार समुदाय हात–हातमा फूलका थुङ्गा बोकेर माइतीघरमा भेला हुन आएका थिए ।

तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले व्यवस्थामाथि नै खतरा देख्न थाले । गणतन्त्र र संविधान उल्ट्याइन लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई अनुरोध गरे । मातहतका सरकारको ध्यानाकर्षण गराए ।

डा. भट्टराईले सामाजिक सञ्जालले लेखेका थिए– “बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्टाउने नभए वर्तमान सरकारकाविरुद्ध प्रयोग गर्ने । यसका लागि कुन–कुन व्यक्ति र शक्तिहरूलाई एकठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता सिर्जना गर्न सकिन्छ त्यो गर्ने । यसका लागि भित्र र बाहिरका केही शक्तिहरू सक्रिय हुँदै गरेको अवस्था । अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुस्प्रयास । समय मै सचेत भै जनमतको कदर गर्दै जन अपेक्षा पूरा गर्नतर्फ सबै केन्द्रित होऔँ ।”

तर, यसमा कोको शक्ति सक्रिय छन् । उनीहरूले आफ्नो ध्यान के–कस्ता गतिविधिमा केन्द्रित गरेका छन् भन्ने प्रश्नको उत्तर डा. भट्टराईको स्ट्यासले दिँदैन ।

देशको प्रमुख कार्यकारीको परराष्ट्र सल्लाहकारजस्तो पदमा बसेको व्यक्तिले आधारहीन तर्क गरेको भन्दै डा. भट्टराईको उतिबेलै आलोचना भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC