site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मर्जरको प्रतिवद्धता बोकेर १७ बैंक राष्ट्र बैंकको दैलोमा, सबैभन्दा ठूलो बन्ने दाउ !
Ghorahi CementGhorahi Cement

काठमाडौं । यतिखेर वाणिज्य बैंकहरु ‘जोडी खोज्न’ तातिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपालले समयसीमा नै तोकेपछि ठूला बैंकहरुले मर्जरमा जान आवश्यक गृहकार्य गर्न थालेका हुन् ।

क्लोजिङको चटारोका बीच बैंकहरु अहिले गभर्नरले दिएको निर्देशन मान्ने क्रममा छन् । राष्ट्र बैंकले बैंकहरुको मर्जर प्रतिवद्धताअनुसार नै मौद्रिक नीति ल्याउने तयारी गरकाले पनि यतिबला अधिकांश बैंक मर्जरको प्रतिवद्धता बोकेर राष्ट्र बैंकको दैलोमा पुगेका हुन् ।

प्रतिवद्धता व्यक्त गरे पनि बैंकहरुले जोडी ठिक्क भने पारिसकेका छैनन् । हालसम्म ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरको सहमति भइसकेको छ । तर,  अन्य बैंकहरुबीच सैद्धान्तिक सहमति जुट्न सकेको छैन ।

Agni Group

सबै बैंकहरुले मर्जरको लागि व्यापक गृहकार्य भने गरिरहेको बताइएको छ । अधिकांश बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) यतिखेर मर्जरको कुरा गर्न गोप्य छलफलमा छन् । कोही मर्जरको कुरा गर्न काठमाडौं बाहिरैसमेत गएको जानकारी बाह्रखरीले पाएको छ ।

त्यसो त केही बैंकहरुले नेपाल राष्ट्र बैंकमा मर्जरका लागि प्रतिवद्धता समेत गरिसकेका छन् । उनीहरुले जोडी नपाए पनि आफूहरु मर्जरका लागि तयार भएको जानकारी गराएका हुन् ।

Global Ime bank

राष्ट्र बैंकका अनुसार एनएमबी बैंकले सबैभन्दा सुरुमा मर्जरमा जाने प्रतिवद्धता व्यक्त गरेको थियो । यसअघि नै ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको बैंकले असार १७ गते नै राष्ट्र बैंकलाई प्रतिवद्धता बुझाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक र सेञ्चुरी कमर्सियल बैंकले पनि मर्जरको प्रतिवद्धता व्यक्त गरेका छन् । ती बैंकले असार १९ गते राष्ट्र बैंकलाई प्रतिवद्धता पत्र बुझाएका हुन् ।

त्यसयता २० गते राष्ट्र बैंकलाई प्रतिवद्धता पत्र बुझाएका ग्लोबल आईएमई र जनता बैंकले मर्जरमा जाने सहमति गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, कुमारी बैंक र मेगा बैंकले पनि मर्जरको प्रतिबद्धता व्यक्त गरेको निरौलाले बाह्रखरीलाई जानकारी दिए । प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक गाभिइसकेको छ ।

राष्ट्र बैंकमा तीनवटा सरकारी बैंकसहित अन्य ८ बैंकले भने मर्जरको प्रतिवद्धतापत्र बुझाएका छैनन् । ती ८ बैंकमा बैंक अफ काठमान्डु, सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल बंगलादेश, नबिल बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । 

एकै प्रकृतिका र समान विचारधारा बोक्ने तथा राम्रो सम्बन्ध भएका बैंकर एकआपसमा मिल्न सक्ने अपेक्षा राष्ट्र बैंकको छ । मर्जरमा गएर नेपालको सबैभन्दा ठूलो बैंक बन्ने अवसर पनि छ वाणिज्य बैंकहरुलाई । र, उनीहरुले पनि सोही दाउ खोजिरहेका छन् ।

ग्लोबल आईएमई बैंक जनतासँग मर्ज भएपछि सम्भवतः नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । यस अवधिमा एनआईसी एशिया वा अर्को कुनै ठूलो बैंक मर्जरमा गए ग्लोबल आईएमई बैंकलाई उछिन्ने छ । 

अहिले सनराइज बैंक सीईओविहीन छ । सनराइज कुशल सीईओको खोजीमा भएकाले मर्जरमा गएर समस्या समाधान गर्न सक्नेछ । बैंक मर्जमा जानसक्ने अन्य आधार यसअघि नै उनीहरुबीच मर्जरबारे चलेको छलफल पनि हो । एउटै राजनीतिक विचारधारा बोकेका लगानीकर्ता रहेका बैंकहरु, एउटै समुदाय (मारवाडी)को लगानी रहेका बैंकहरु, विदेशी बैंकहरु वा सरकारी बैंकहरु पनि मर्ज हुन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC