site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गतको आइएमई डिजिटल सोलुसनद्वारा सञ्‍चालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । 

मोबाइल एपमा “डिल्स” भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको हो । जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनेले विभिन्न रेस्टुरेन्ट वा पसलले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् । आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीले आइएमई वा आइएमई पे एजेन्टबाट वा आफ्नो बैंकबाट सिधैँ, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सकिने छ । 

Agni Group

काठमाडौँ र पोखराका रेस्टुरेन्टमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको छ । आइएमई पे मोबाइल वालेट एपको कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने छ  ।

यसका साथै आइएमई पेबाट बिक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकलाई देखाउन सकिने छ । आइएमई डिजिटल सोलुसनका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नहाटाले “आइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा आबद्ध हुने सेवाग्राहीको प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होस् भन्ने भएको र यसकै मध्यनजर गरी “डिल्स” शीर्षक सुरू गरेको बताए । 

Global Ime bank

जसबाट सेवाग्राहीले आफ्नो वरिपरि कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउनुको साथै आइएमई पेबाट भुक्तानी गर्दा बिक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC