site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मारिनुअघि ‘भाइ–भाइ’ भन्दै सँगै चिया पिएका थिए प्रहरी र विप्लव कार्यकर्ताले !
Sarbottam CementSarbottam Cement

घटनामा मारिएका विप्लव समूहका नेता निरकुमार र प्रहरी जवान सञ्जिव । 


काठमाडौं । भोजपुर सदरमुकाममा बुधबार (हिजो) प्रहरी–विप्लव समूहको गोली हानाहानमा दुवैतर्फ एक–एक जनाको ज्यान गयो । ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सञ्जिव राई र विप्लव समूहका नेता निरकुमार राई छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विप्लव समूहका ओखलढुङ्गा इञ्जार्ज रहेका निरकुमार श्रीमती र छोराछोरी भेट्न घर भोजपुर पुगेका थिए । बुधबार बिहान साढे आठ बजेको समयमा दोहोरो भिडन्त भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको थियो । घटनामा अन्य दुईजना प्रहरी जवान समेत घाइते भएका थिए । तर, घटनामा ज्यान गुमाएका प्रहरी जवान र विप्लव समूहका नेताबीच चिनजान भएको र बुधबार बिहान उनीहरुले सँगै चिया खाएको खुलेको छ ।

कारोबार दैनिकका भोजपुर संवाददाता अर्जुन बस्नेतका अनुसार प्रहरी जवान सञ्जिव र विप्लव समूहका नेता निरकुमारबीच बुधबार बिहान आठ बजे पान्धारे होटलमा भेट भएको थियो । प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै बस्नेतले बाह्रखरीसँग भने, ‘‘बुधबार बिहान उनीहरुबीच भेट भयो । त्यो भेट आकस्मिक थिएन । दुवैले दाजुभाइको साइनो पनि लगाए । दुवै एकै टेबुलमा बसेर चिया पिउन थाले । गफकै क्रममा सञ्जिवले ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा मेरो पछि किन लाग्छौ ?’ भन्दै प्रश्न गरेका थिए । त्यसक्रममा प्रहरी जवान राईले ‘होइन, हामी त दाजुभाइ हो’ भनेका रहेछन् ।’’ त्यसपछि आफूलाई प्रहरीले समात्ने चाल निरकुमारले पाएपछि उनी पिसाब फेर्ने बहानामा भाग्न खोजेका थिए ।

Global Ime bank

भिडन्त भएको भनिएको स्थान ।निरकुमार भाग्न लाग्दा सञ्जिवले पाखुरामा समात्दै ‘बसौं, साथीहरु आउँदैछन्’ भन्दै रोक्न खोजेपछि दुई जनाबीच विवाद सुरु भएको थियो । दुईबीच धकेलाधकेल हुँदा उनीहरु सडकमा पुगेका थिए । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बस्नेतले भने, “विवाद हुँदै गर्दा गोली चलेको आवाज सुनियो । कसले कुनबेला चलायो थाहा छैन । दुवै त्यहीँ ढले । गोली चलेपछि हामी त्रसित भयौं । धेरै सोधीखोजी गर्ने कुरा पनि भएन ।”  

प्रहरीले विप्लव समूहका नेताले गोली चलाएपछि जवाफी फायरिङ गरिएको बताएको छ भने विप्लव समूहका नेताहरुले भने आफ्नो तर्फबाट गोली नचलेको दाबी गर्दै आएका छन् । यद्यपि, भोजपुर घटनाबारे विप्लव समूहले बिहीबार दिउँसोसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

प्रदेश नम्बर एकका डीआईजी ठाकुरप्रसाद ज्ञवालीले सादा पोशाकमा रहेका प्रहरीमाथि हतियारधारी समूहले गोली चलाएको बताएका छन् । विप्लव समूहको गोली प्रहारबाट प्रहरी जवान खेमनाथ भट्टराई र सुरेन्द्र माझी घाइते भएको उनले जानकारी दिए । भिडन्त भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट सात सय मिटरको दूरीमा मात्र छ । विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपा नेता–कार्यकर्ताविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन चलाएको छ । सञ्जिव विप्लव समूहको गोली लागेर मारिने पहिलो प्रहरी जवान हुन् भने यसअघि प्रहरी कारबाहीमा विप्लव समूहका तीर्थ घिमिरे र सर्लाही इञ्जार्ज कुमार पौडेलको ज्यान गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC