site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फाइनल पुग्‍न इङ्ल्यान्डलाई २२४  रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा २ सय २३ रनमा अलआउट भएपछि इङ्ल्यान्डले फाइनल पुग्न २ सय २४ रनको लक्ष्य पाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एड्बेस्टोनमा अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ८५ रन बनाए । १ सय १९ बल ६ चौका प्रहार गरेका स्मिथ रनआउट भए । मिचेल स्टार्कले २९ रनको योगदान दिए । ३६ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका स्टार्क वोक्सको बलमा बटलरमार्फत क्याच भए ।

एलेक्स केरीले ४६ रनको योगदान दिए । अर्धशतक बनाउन ४ रनले चुकेका केरीले ४ चौका प्रहार गर्दै आदिल रासिदको बलमा क्याच भए । ग्लेन म्याक्सवेलले २२ रन बनाए । २३ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । म्याक्सवेल जोफ्रा आर्चरको बलमा इयोन मोर्गनमार्फत क्याच भए । ओपनर डेविड वार्नर ९ रनमा क्रिस वोक्सको बलमा बेरियस्टोमार्फत क्याच हुँदा प्याट कुमिन्स ६ रन तथा पिटर हेन्ड्कोम्ब ४ रनमा पवेलियन फर्किएका थिए ।

Global Ime bank

कुमिन्स रासिदको बलमा रुटमार्फत क्याच हुँदा पिटर बोल्ड भएका थिए । कप्तान एरोन फिन्च र मार्कुस स्टानिसले खाता नै खोल्न सकेनन् । कप्तान फिन्च बोल्ड हुँदा मार्कुस एलबिडब्लु धरापमा परेका थिए ।

नाथन लियोनले ५ रन बनाए । जेसन बेरेनड्रफ १ रनमा पबेलियन फर्किए ।

इङल्याण्डका क्रिस वोक्स र आदिल रासिदले ३-३ विकेट लिए । जोफ्रा आर्चरको नाममा २ विकेट रह्यो । मार्क वुडले १ विकेट लिए ।

पाँच पटकको च्याम्पियन अष्ट्रेलिया छैठौं पटक उपाधि नजिक पुग्न चाहान्छ भने इङ्ल्यान्ड घरेलु मैदानमा पहिलो पटक विश्वकपको उपाधि जित्न चाहान्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC