site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, केही नेताकार्यकर्ता पक्राउ
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार बेलुका राजधानीका विभिन्‍न स्थानमा नेविसंघले सरकारले कांग्रेसप्रति दिएका अभिव्यक्ति, विषादीयुक्त तरकारी भित्र्याउनेलगायतका सरकारका क्रियाकलापविरुद्ध मसाल जुलुस निकालेको थियो ।

बिहीबार नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । जसमा प्रहरीले हस्तक्षेप गर्दे नेविसंघका केही नेताकार्यकर्ता पक्राउ गरेको जनाइएको छ । 

Agni Group

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदिप अधिकारी, विजय ढुंगाना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जनलगायत छन् ।

त्यसैगरी मीन भवन क्याम्पसबाट निस्केको जुकुसमा पनि हस्तक्षेप गरेको जनाइएको छ । यस क्षेत्रबाट पक्राउ पर्नेमा युवराज पाण्डेय, महेन्द्र भट्टराई, विस्नु खड्का, चन्द्रदेव खनाल, नवराज थापा, दिनेश कार्की रहेका छन् ।

Global Ime bank

विशाक्त तरकारी चेक गर्ने निर्णय फिर्ता लिएको विरोधमा नेविसंघले सरकारविरुद्ध चरणवद्ध आन्दोलनमा गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC