पार्टी त्याग्ने घोषणापछि विप्लवका कार्यकर्ता रिहा

दाङ । विप्लव नेतृत्वको नेकपा रोल्पाका एकजना कार्यकर्ता बिहीबार रिहा भएका छन् । 

जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं ६ गजुल स्थायी घर भई रोल्पा नगरपालिका वडा नं ४ लिवाङ बजारमा चिया पसल गर्दै आएका ५३ वर्षीय देउराम सुनार (गद्दाफी) रिहा भएका हुन् । 

असार ३ गते उनी लिवाङबाट पक्राउ परेका थिए । जिल्ला प्रशान कार्यालय रोल्पा मार्फत ३ हजार धरौटी राखेर सुनार रिहा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

सुनारविरुद्ध स्थानीय प्रहरी प्रशासनले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत मुद्दा चलाएको थियो । 

रिहा भएलगत्तै सुनारले एक विज्ञप्ति प्रकाशित गर्दै स्वतन्त्र जीवन यापन गर्न चाहेको इच्छा व्यक्त गरेका छन् । उनले अबदेखि कुनैपनि पार्टीमा नलाग्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विवेक खड्का

प्रतिकृया दिनुहोस
ad