site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्याङ्‍जाको बिर्घामा आशा लघुवित्तको सिपमुलक तालिम सम्पन्न
Ghorahi CementGhorahi Cement

काठमाण्डौं । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बिर्घा स्याङजामा आबद्ध सदस्यहरु मध्ये ८१ जना महिला सदस्यहरुलाई  निशुल्क लुगा धुनेसर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको हो । तालिमको उद्घाटन गर्दै कालिगण्डकी गा.पा.वडा नं. ४ का अध्यक्ष चक्रपाणी पाण्डेले यस्तो किसिमको कार्यक्रमले महिलाहरलाई  उद्यमशिल बन्न थप सहयोग पुग्ने बताए । 

त्यसैगरी, निमित्त शाखा प्रमुख माधब प्रसाद पाण्डेले  तालिम प्रश्चात सदस्यहरुको व्यवसायमा वृद्धी भएर यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने बताए  ।

Agni Group

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकी थिइन् । तालिमबाट सहभागीहरुले कम लागतमा लुरगा धुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन् । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालय मार्फत झण्डै १५ सय ५६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सिपमुलक तालिम प्रदान गरेको छ । 

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सिपमुलक तालिम सम्पुर्ण शाखा कार्यालयबाट सञ्‍चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताए । 

Global Ime bank

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले बिपन्न समुदायका निम्ति आशा भन्ने मल नाराका साथ ककनी- ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौं ५ गतेबाट कारोबार सुरु गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC