बिषादीका बारेमा मलाई कसले ढाँट्यो, खोजि गर्नेछुः प्रधानमन्त्री

बिषादीका बारेमा मलाई कसले ढाँट्यो, खोजि गर्नेछुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सरकार स्वच्छ, प्रभावकारी, पारदर्शि र सेवामुखि प्रशासन बनाउने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ बिषयक राष्ट्रिय कार्याशालाको उद्घाटन गर्दै उनले जनतालाई आत्मविश्वास, भविष्यप्रतिको आशावादीता देखाएर प्रशासन क्षेत्रले छिटो छरितो रुपमा काम गर्नुपर्ने बताए ।

उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र  अर्कोतिर जनतामा सेवा उपलब्धता पुर्‍याउनु कामलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आजको आवश्यकता रहेको धारणा राखे । उनले मुलुकको विकास सिङ्गो देश मिलेर गर्ने  उल्लेख गर्दै त्यो लागि प्रशासनिक अगुवाई गर्नु जरुरी रहेको बताए ।
“सरकारले मुलुकको विकासको उद्देश्यका तय गर्दछ’’ उनले भने, ‘‘त्यस उद्देश्यमा समेटिएका नीति, कार्यक्रम, योजनाको कार्यन्वयनलाई अगाडि बढाउने काम प्रशासनिकले गर्नुपर्दछ ।’’ 
प्रधानमन्त्री ओलिले  न्यायिक, प्रशासनिक र विधायिक अधिकार सहित संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन गरेर सिंहदरवारको अधिकार प्रदेशमा पुर्‍याउने नभनेर सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनेको बताए ।
अहिले संघ र प्रदेशका बीचमा अलिअलि केही सामानजस्यता र विवाद देखिएको जस्तो लागेको भन्दै उनले भने, ‘‘  कतिपयले प्रदेश भनेको छुटटै स्वतन्त्र सार्वभौमराज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा इकाई र निकाय मात्र भएको जस्तो कुरा गर्दछ । यी दुई कुरा यथार्थ होइन ।  प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो । जसलाई नियन्त्रण गर्ने संघिय सरकारको हो ।’’
उनले सुरक्षा, अन्तर्राष्ट्रिय मामिला, आर्थिक स्रोत साधनका प्रश्नहरु संघ अन्तर्गत हुने व्यवस्था रहेको बताए । उनले तल्लो तह र माथिल्लो तहमा तादम्बता प्रदेशको भूमिका आवश्यक रहेको धारणा राखे । ‘‘प्रदेशले तलका सरकार सरकार नै होइनन् । हामीमात्र सरकार हो भनेपछि त्यो संवैधानिक कुरा होइन,’’ उनले भने ।

हामी एउटा नयाँ अभ्यासमा रहेका उल्लेख गर्दै उनलेसुरुमा यो अभ्यासमा अभ्यस्त हुनका लागि  प्रशासन र राज्यका सयन्त्रलाई पनि गाह्रो भएपनि अभ्यस्त भई काम गर्नुपर्ने बताए । उनले सरकार बनेको पहिलो वर्षमा नै संविधान कार्यान्वयन, संघियता कार्यन्वयन र ७६१ वटा सरकार सन्तुलित तादम्बका साथ सन्तुलित ढंगले संचालन गर्ने कुराले देशले असाधारण सफलता प्राप्त गरेको कुरा उल्लेख गरे ।

‘‘प्रशासनिक पुन संरचना भन्दा राज्यका सवै अंगको राज्यका विधायिका, न्यायिक पुनसंरचनामा हामीले सफलता प्राप्त गरेका छौ’’ उनले भने, ‘‘छिटफुट प्रतिक्रिया ठूलो होइन ।’’  केहीले लक्ष्य तोकेर नै भत्काउने, विगार्ने प्रयासहरु संचालन गरेको भन्दै ति प्रयासका विचमा सफलता प्राप्त गरेको बताए ।

उनले सरकार सफलतापूर्वक लोकतन्त्रको सुदृढि गर्ने संविधान कार्यान्वयन, उपलब्धि रक्षा गर्ने कुरामा  काम अगाडि बढेको समेत बताए । उनले विषादीका सम्बन्धमा भारतबाट आएको पत्र आफूलाई जानकारी नदिएकोले भन्दै भने, ‘‘मलाई यसप्रकारको व्यवहार हो किन गर्न खजियो ।  लापरबाही वा जानीवुझी हो । त्यसको खोजि गर्ने छु  ।’’

प्रतिकृया दिनुहोस
ad