site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर वर्षा, नदीमा बहाब बढ्यो–ठाउँ ठाउँमा पहिरो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बिहीबारदेखि मुलुकभर वर्षा भइरहेको छ । देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइरहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा भएको छ भने एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौम विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका भराईका भूभागहरु विशेष गरी सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, रौतहट, बारा, पर्सा, तथा यस आसपासमा भारी वर्षा भइरहेको छ ।  वाग्मती, कमलालगायतका नदीमा पानीको बहाब बढेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।  गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार काभ्रेको रोशी गाउँपालिकास्थि बीपी राजमार्गमा पहिरो आइ सडक बन्द भएको छ । त्यसैगरी बुटवलबाट पाल्पा जाने सडकखण्डमा पनि बिहीबारदेखि झरेको पहिरोले अवरुद्ध बनेको छ ।

लम्जुङबाट मनाङजाने र भोजपुरबाट धरान जाने सडक पनि पहिरोले बन्द भएको केन्द्रले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC