site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उड्दै गरेको विमानमा यस्तो पनि समस्या, ३५ यात्रु घाइते
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

वाशिङटन । एयर क्यानडाको एउटा फ्लाइटमा आकाशको वायुका गम्भीर धक्काका कारण ३५ जना घाइते भएका छन् ।  २८४ जना यात्रु रहेको सो विमान क्यानडाको भ्यान्कुभरबाट सिड्नीतर्फ उड्दै थियो । तर, आकाशमार्गमा देखिएको समस्याका कारण अमेरिकाको हवाइतर्फ लगेर होनोलुलु विमानस्थलमा स्थानीय समयअनुसार बिहीबार ६ः४६ बजे (नेपाली समय अनुसार गएराति १०ः३१ बजे) अवतरण गराइएको थियो । 

बोइङ्ग ७७७—२०० जेट विमान अचानक उड्डयनको प्राविधिक भाषामा भन्दा ‘क्लियर एयर टर्बुलेन्स(क्याट)’को समस्यामा परेको थियो । विमान कम्पनीले होनोलुलुमा यात्रुहरुका लागि होटलको व्यवस्था गरिएको जनाएको छ ।  यात्रुहरुका अनुसार क्याटका कारण धक्का दिँदा उडिरहेको विमानका यात्रुहरु विमानको माथिल्लो भागमा ठक्कर खाएका थिए । 

क्याट शान्त वायुमण्डलमा नै कहिलेकाहीँ हुने बताइएको छ । आकाश खुला भएको अवस्थामा पनि  देखिने  गर्दैन । विभिन्न हावाको झोंका आफ्नै गतिमा आकाशमा हिंडिरहने र जब ती विभिन्न गतिका हावाको वायुमण्डलमा भेट हुन्छ त्यो बेलामा ‘क्याट’ सिर्जना हुने जनाइएको छ । सोही क्याटले नै विमानमा असर गरेको हो ।  त्यसलाई नांगो आँखाले पनि देख्न नसकिने बताइएको छ । सो घटनाले यात्रुहरु एकदमै स्तब्ध भएको सोही विमानका एक यात्रुले बताएका छन् । एक यात्रुले भने अनुसार उनीभन्दा अगाडिका अर्का यात्रु व्यागेज राख्ने विमानको माथिल्लो भागसम्म पुगेर ठोक्किदै फेरि सिटमा आएर बस्दै गरिरहेका थिए । (बीबीसीबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC