site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२२ राष्ट्रलाई चीनको प्रतिवाद, भन्यो–पश्चिमा राष्ट्रको दोहोरो मापदण्ड
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले सिन्जियाङ्ग प्रान्तमा पश्चिमा राष्ट्रहरुले लगाएको आरोपलाई आधारहीन भएको जनाएको छ । उसले  पश्चिमा राष्ट्रको दोहोरो मापदण्डले आतंकवाद विरोधी विश्वव्यापी कामलाई बाधा पर्ने समेत जनाएको छ ।

हुमन राइट्स वाचले बुधबार २२ देशको संयुक्त वक्तव्य सार्वजनिक गरेपछि चीनले कडा प्रतिवाद गरेको हो । २२ वटै राष्ट्र संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्का सदस्य हुन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले ती राष्ट्रले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको जनाएका छन् । २२ देशले   संयुक्त वक्तव्य जारी गरेर चीनले सिन्जियाङ्ग प्रान्तमा उहिगुर जातीय समुदायमाथि गरेको दुव्र्यवहारको आलोचना गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सिन्जियाङ्ग क्षेत्रमा संयुक्त राष्ट्र संघ तथा अन्य स्वतन्त्र पर्यवेक्षकलाई जान दिन पनि वक्तव्यमा आग्रह गरिएको छ । 

यसरी वक्तव्य जारी गर्नेमा अस्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, आयरल्याण्ड, जापान, लात्भिया, लिथुआनिया,लक्जेम्बर्ग, नेदरल्याण्डस्, न्यूजिल्याण्ड, नर्वे, स्पेन, स्वीडेन,स्वीजरल्याण्ड र बेलायत थिए ।
(ग्लोबल टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC