site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प प्रशासनले आइतबारदेखि आप्रवासी अखडामा छापा मार्दै !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । संयुक्त राज्य अमेरिकाले आउँदो आइतबारदेखि आफ्नो देशमा भएका अवैध आप्रवासीहरुलाई धपाउन शुरु गर्ने भएको छ । अमेरिकी इमिग्रेसन एण्ड कस्ट्युम्स इन्फोर्समेन्ट अपरेसनले हजारौं कागजात नभएका आप्रवासीलाई पक्राउ गर्न लागेको न्यूयोर्क टाइम्सले जनाएको छ । 
दुई साताअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कार्यक्रम तय गरेको भएपनि त्यसबारेमा पहिला नै सूचना चुहिएकाले रोकिएको थियो ।  ट्रम्प प्रशासनको यो कार्यबाट नेपाली पनि प्रभावित हुन सक्नेछन् । 

छापा मारेर आप्रवासीलाई पक्राउ गर्ने र फिर्ता पठाउनेसम्मका काम त्यस अन्तर्गत हुने जनाइएको छ । दुईजना अहिलेका र एक जना पहिलाका होमल्याण्ड सेक्युरिटीका अधिकारीले जनाएअनुसार पहिला लक्षित नगरिएका मानिसपनि अहिले पक्राउ पर्न सक्नेछन् ।  अन्तिममा भने अपरेसनको शैलीमा केही फेरबदलपनि हुन सक्ने जनाइएको छ । कम्तिमा २ हजार आप्रवासी जसलाई पहिला नै स्वदेश फिर्ता गर्ने भनिएकोमा अहिलेपनि अवैध रुपमा अमेरिकामा नै बस्दै आएको बताइएको छ । 

उनीहरुलाई नै यसपालि लक्षित गर्न लागिएको ती अधिकारीहरुले बताएका छन् ।  राष्ट्रपति ट्रम्पले गएको जुन २२ देखि यस खालको कडाई शुरु हुने भनेकोमा अमेरिकाका सभामुख नान्सी पेलोसीले सो कार्यक्रम रोक्न आग्रह गरेकी थिइन् । त्यसले गर्दा पनि यो कारवाही पछि सरेको बताइएको छ । (एजेन्सीहरु) 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC