site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतको पत्रबारे छानबिन हुँदै, वास्तविकता सार्वजनिक गरिने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतले सीमामा तरकारी नरोकिदिन आग्रह गर्दै नेपाललाई पठाएको पत्र एक साता भन्दा बढी समयसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी नै नदिइएको प्रसंगमा प्रधानमन्त्री कार्यालयले नै छानबिन थालेको छ । प्रधानमन्त्री स्वयंले यस विषयमा गम्भीर चासो व्यक्त गरेपछि छानबिन थालिएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने,‘‘यसबारेमा प्रधानमन्त्रीले आफैंले अध्ययन गरिरहनुभएको छ । वास्तविकता बुझेपछि हामी त्यो कुरा सार्वजनिक गर्नेछौं ।’’

प्रधानमन्त्री ओलीले आफूलाई त्यसबारेमा शुरुमा जानकारी नै नगराइएको र असार २३ गते मात्रै पत्र पाएको जनाएका थिए ।  जबकि भारतीय दूतावासका तर्फबाट सो पत्र असार १४ गते नै परराष्ट्र मन्त्रालयलाई दिइएको थियो ।  परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने विषयगत पत्र भएको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले सो पत्र पठाएको बाह्रखरीसँगको कुराकानीमा बताएका छन् । उनले भने,‘‘तर, त्यति लामो समयसम्म कार्यकारी प्रमुखसम्म नै कुरा नपुग्नुले कम्युनिकेसन ग्याप जस्तो देखियो । यसले राम्रो सन्देश गएन ।’’

Agni Group

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा क्षेत्रमा तरकारी लगायतका खाद्यान्नको प्रवेशका बारेमा हालै भारतबाट पत्र नआएको शुरुमा बताएका थिए । नेकपाको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले के को पत्र ? कस्तो पत्र भन्दै त्यस्तो पत्र नआएको बताएको तर पछि पत्र आएको पाइनुले समस्या उत्पन्न भएको । प्रधानमन्त्रीले यो विषयलाई लिएर बिहीबार एक सार्वजनिक कार्यक्रममा क्षमायाचना समेत गरेका थिए ।

फाइल तस्बिर 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC