site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिलोको सकस ! यस्तो छ काठमाडौंकै सडक (भिडियो रिपोर्ट)
Sarbottam CementSarbottam Cement

काठमाडौं । केहीदिन अघिसम्म काठमाडौं धुलोले आक्रान्त थियो । तर अहिले काठमाडौं फेरि हिलोले आक्रान्त छ । केहीदिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा काठमाडौंका आधा जनसंख्याले मास्क लगाउने गरेको भए पनि अहिले मास्क लगाएको देख्न मुस्किल हुने बताएपछि चौतर्फी आलोचना भएको थियो ।

तर अहिले उक्त धुलो हिलोमा परिणत भएपछि उपत्यकाबासीले थप सास्ती बेहोर्नुपरेको छ । पछिल्लो दिनमा परेको लगातारको झरीले सडक हिलाम्य भएका छन् । काठमाडौंका उपत्यकाका भित्रि सडकको अवस्था अहिले बेहाल छ । सातदोबाटोदेखि लगनखेल, ढोलाहिटी चापागाउँ–लेले, कमलविनायक–नगरकोटसहित काठमाडौंका भित्रि सडक हिलाम्य छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा, चावहिल–जोरपाटी–बागमती–साँखु, लगनखेल–सातदोबाटो, इमाडोल–सिद्धिपुर–गोदावरीखोला–लामाटार, ढोलाहिटि–सुनकोठी–चापागाँउ–प्याङगाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड, कर्मनाशाखोला–हरिसिद्धि–गोदावरीकुण्ड, जोरपाटी–सुन्दरीजल, नक्खुखोला–भैंसेपाटी–बुङ्मति, चक्रपथ–ज्ञानज्योति गणेश–विद्वतमार्ग र मनोहरा पुल–बाखाहा बजार– निकोसेरा खस्याङ खुसुङ पुल सडक आयोजना कार्यालयले चारवर्षदेखि ठेक्कामा लागेको भए पनि अहिलेसम्म विस्तारको काम सम्पन्न हुन सकेको छैन ।

Global Ime bank

चावहिल–जोरपाटी–बाग्मती–साँखु सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत भएको उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । १२ किलोमिटर लम्बाइको यो सडक विस्तार डेढ वर्षमा सक्नेगरी २०७२ र २०७४ मा युनाइटेड बिल्डर्स, बज्रगुरु, बिटी, लामा, समानान्तर, जन्मभूमि जेभीले ठेक्का लिएका हुन् ।

विस्तार गर्न खनेर छोडेपछि हिलाम्मे बनेको सडकाबाट घाम लागेपछि धुलोको सास्ती भएपछि सडक तत्काल पिच गर्नका लागि स्थानीयले वैशाख २६ गते बिहीबार बौद्ध र जोरपाटीका स्थानीयले यो सडक तत्काल पिच गर्न सडकमै आन्दोलन गरेका थिए ।

आन्दोलनपछि युनाइटेड विल्डर्सका तर्फबाट शकुन्तललाल हिराचन र स्थानीयबीच १ साताभित्र सडक पिच हुने सहमति भए पनि उक्त सहमति कार्यान्वयन हुन सकेन । सडक चावहिलदेखि चुच्चेपाटीसम्म हिलाम्मे छ । सडकमा मिडियन र लेन नहुँदा ट्रफिक प्रहरीलाई त्यहाँको ट्राफिक व्यवस्थापन गर्न निक्कै समस्या छ ।

चुच्चेपाटीदेखि बौद्ध साढे एक किमि पिच भएको छ । बौद्धमा करिब २०० मिटर सडक ग्राबेल गरिए पनि सडकमा हिलो र धुलोको सास्ती सडक प्रयोगकर्ताले खप्नुपर्ने बाध्यता छ । यस्तै बौद्धदेखि जोरपाटी सडक पनि हिलाम्मे छ । सडकमा रहेको खाल्डामा गाडीहरु फस्छन् । जोरपाटीदेखि नारायणटारसम्म करिब २ किमि सडक पिच भए पनि बौद्ध र साँखुतर्फबाट आउने गाडीको टायरमा टाँसिएको हिलो त्यस क्षेत्रमा उड्दा स्थानीले थप सास्ती बेहोर्नुपरेको छ । जोरपाटी–सुन्दरीजल ७ किमि सडक विस्तारको प्रगति पनि सन्तोषजनक छैन ।

आशिष, सिएम, पप्पु, महालक्ष्मी जेभीले १ वर्षमै विस्तार सम्पन्न गर्ने गरी सडकको ठेक्का ०७३ सालमा लिएका हुन् । तर हाल यी दुवै सडकको अवस्था लथालिङ्ग छ । सडक विस्तारका लागि झिकेका टेलिफोनका तर र इन्टरनेटका केबलहरु सडकमा यत्तिकै छोड्दा सडक प्रयोग थप सकसपूर्ण बनेको छ ।

पानी पर्नासाथ सडक हिलो हुने र घाम लाग्दा त्यही हिलो धुलो बनेर उड्दा स्थानीय पसलमा ग्राहकको चहलपहल कम भएको गोकर्णेस्वर नगरपालिका ५ जोरपाटीका मोबाइल पसल सञ्चालक हितेस चौलागाईं बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC