चार हजारका लागि जवानीमा हत्या, वुढेसकालमा पक्राउ

चार हजारका लागि जवानीमा हत्या, वुढेसकालमा पक्राउ

काठमाडौं । २०४६ सालमा चार हजार रुपैयाँ लुट्नका लागि एक व्यक्तिको हत्यामा संलग्न एकजना ३० वर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा लमजुङ दुधपोखरीका ६० वर्षीय भ्यान्टे कामी रहेका छन् । 

कामीसहित ५ जनाले ०४६ भदौ ३ गते दूधपोखरीकै बेदप्रसाद पोखरेलको हत्या गरेका थिए । उनीहरुले पोखरेलसँग भएको चार हजार लुटेर शव कोदोबारीमा फालेका थिए । अन्य अभियुक्त पक्राउ परेपनि कामी फरार थिए । लमजुङ जिल्ला अदालतले कामीलाई जन्मकैदको सजाय सुनाइसकेको छ । 

प्रतिकृया दिनुहोस
ad