site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमालय एअरलाइन्सले ढाका उडान सुरु गर्दै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हिमालय एअरलाइन्सले धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं–ढाकाको  सीधा उडान आगामी साउन ६ गतेदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्सँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ । 
व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगालाद जाने यात्रुहरुका लागि नयँ ाउडान तालिका सार्वजनिक गरिएको छ । 
नेपाली पयर्टनका लागि बंगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बंगलादेशी पर्यटकलाई नेपालसम्मको पहुँुच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई, आबु धावी, दमामको नियमित उडानसँगै ढाकाको नयाँ उडानले बंगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।  
विशेषत दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउँदै सञ्जालले नेपाल र बंगलादेश बीच व्यावसायिक अवसरहरु सिर्जना गर्ने र मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूलको रुपमा सेवा प्रवाह गर्ने उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
एअरलाइन्स्ले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा एच नाइन ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । त्यसैगरि, एच नाइन ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ । दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मको लागि छुट हुनेछ । एअरलाइन्स्ले समयनिष्ठामा उडान सुनिश्चित गर्ने उद्देश्य राखेको छ । 
यसैबीच एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण बिक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ । जसले बंगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगष्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एअरलाइन्स कम्पनी हो । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC