site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश–१ मा बाढीले दुईजना बगायो, कोशी ब्यारेजका २३ ढोका खोलिए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीले प्रदेश १ मा दुईजना बगाएको छ । प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी किशोरकुमार दाहालले बाह्रखरीलाई जानकारी गराएअनुसार इटहरीमा स्थानीय सुकुमारी खोलाले बगाएर उदयपुरका अन्दाजी ३५ वर्षिय सागर थापाको मृत्यु भएको छ  भने मोरङ्गको कानेपोखरीमा गेउरिया खोलाले अन्दाजी ३५ वर्षका एक पुरुषलाई बगाएको छ ।

उनीहरु दुवै जनाको खोजी कार्य भइरहे पनि पत्ता नलागेको दाहालले जानकारी गराएका छन् । यसैगरी मोरङ्ग जिल्लाको मावा खोलाले सुमित्रामाया कुमाल नामकी एक महिलालाई बगाएकोमा उनको जीवितै उद्धार भएको छ । उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घर फिर्ता गरिएको छ ।

सप्तकोशीमा आज बिहानको पानीको वहाव १ लाख ७६ हजार ७ सय ४५ क्युसेक प्रतिसेकेन्ड रहेको प्रहरीले जानकारी दिएको छ । खतरा नहोस् भनेर सप्तकोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ । एसएसपी दाहालले पानीको बहाव बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइएको जनाए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC