site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेमिफाइनलमा भारतको हारले विज्ञापन बजार खुम्चियो
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । कतिपय भारतीय विज्ञापनदाताले ठूलो रकम खर्च गरेर आईसीसी वर्ल्डकप क्रिकेटको फाइनल म्याचको विज्ञापन बुक गरेका थिए । अब उनीहरु भन्न थालेका छन्, फाइनलमा भारत नपुग्नाले थुप्रै दर्शक घट्नेछन् । साथै, अन्तिम समयमा बेचिने विज्ञापन स्लट खरिद गर्ने पनि उतिविधि हुने छैनन्, किनकि त्यसको मूल्य अधिक हुने गर्छ । 

मिडिया बायर्स र एड दिने कम्पनीहरु भारत फाइनलमा पुगेको भए धेरै दर्शक हुने, अब भारत बाहिरिएपछि दर्शक आधा हुने बताउँछन् । डब्ल्यूपीपीका सीईओ कपिल अरोडा भन्छन्, ‘‘फाइनल हेर्ने दर्शक यदि कम हुन्छन् भने एडभर्टाइजर्स निश्चित रुपमा निराश हुन्छन् ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

पोलिसी बजार डटकम यो टुर्नामेन्टको टप एडभर्टाइजर्समध्ये एउटा थियो । कम्पनीका मार्केटिङ प्रमुख साई नारायण भन्छन्, ‘‘भारत फाइनलमा पुग्ने सकेन, यसकारण उक्त म्याचको टीआरपीमा नराम्रो असर परेको छ ।’’ भारतले नौ वटा म्याच खेलेको र राम्रो प्रदर्शन गरेको उनको भनाइ छ । ‘‘यस हिसाबले भने कम्पनीको लगानी सफल रह्यो,’’ नारायणले भने ।

टुर्नामेन्ट एडमा निकै खर्च गर्दै आएको एक फुड एन्ड टेक कम्पनीले भन्यो, ‘‘ब्रान्डका लागि भारत बहिरिनु निराशाजनक कुरा हो । हामी फाइनल म्याचका लागि प्रिमियम रेटमा केही एड स्पट खरिद गर्नेबारे योजना बनाइरहेका थियौं । अब भारत फाइनलमा छैन, यसकारण प्रिमियम रेटमा स्लट खरिद गर्नुको फाइदा केही पनि छैन ।’’

Global Ime bank

स्टार इन्डियाले आफ्नो स्पोर्टस् नेटवर्कमा सात भाषामा टुर्नामेन्ट प्रसारण गरिरहेको थियो । उसले विज्ञापनबाट करिब १३ सय ५० करोड कमाउने अपेक्षा गरेको थियो । यसपटक आईसीसीले वर्ल्डकपको फर्म्याट पनि बदलेको थियो । सबै टोलीले एकअर्कासँग कम्तीमा एक म्याच खेल्नैपर्ने थियो । भारतले नौ म्याच खेल्यो, जुन पहिलाको तुलनामा ५० प्रतिशत बढी हो । 

ठूल्ठूला विज्ञापनदाताले यस पटकको विश्वकपका लागि टेलिभिजनका साथै ग्राउन्ड स्पोन्सरसिप पनि खरिद गरेका थिए । विज्ञापनदाताहरु टुर्नामेन्टका क्रममा आफ्नो ब्रान्डले पाएको एक्सपोजरबाट खुसी पनि थिए ।

ठूला विज्ञापनदाताहरुका अनुसार विश्वकपबाट ब्रान्डको पहिचान र बिक्री राम्रो भएको छ, तर भारत फाइनलमा नपुग्नु निराशाजनक अवस्था हो । यद्यपि, विज्ञापनदाताहरु आफ्नो लगानीको प्रतिफल प्राप्त भएकोमा खुसी छन् । निराशाचाहिँ के हो भने, न्युजिल्यान्डलाई जितेर भारत फाइनलमा पुगेको थियो भने विज्ञापनको बजार निकै माथि चढ्नेथियो । 

(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC