सिहंदरबारको पूर्वी पर्खाल भत्कियो, एकजना घाइते

सिहंदरबारको पूर्वी पर्खाल भत्कियो, एकजना घाइते

काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एकजना घाइते भएका छन् ।  महानगरिय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा केही समयका लागि यातायत प्रभावित भएपनि अहिले सबै सहज रुपमा सुचारु अवस्थामा रहेको डिएसपी बुढाथोकीले बताए । 

तस्बिरः सागर घिमिरेको ट्विटरबाट 

प्रतिकृया दिनुहोस
ad