प्रसूति गृहको पुनर्निर्माण सम्पन्न, प्रधानमन्त्रीले गरे उद्घाटन

प्रसूति गृहको पुनर्निर्माण सम्पन्न, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्मित अत्याधुनिक  सुविधासम्पन्न अस्पतालको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । 
यो अस्पताल भूकम्पअघि ४ सय शैय्यामा सञ्चालन भएको थियो तर, भूकम्पले ठूलो क्षति गरेकाले ३ सय शैय्यामा झरेको थियोे ।अबको नयाँ भवनमा करिब ५ सय शैय्या छन् । भवन जापानी सहयोग नियोग (जाइका) ले बनाइदिएको हो । १४ महिनामा निर्माण सम्पन्न भएको अस्पतालमा सबै किसिमको शल्यक्रिया हुने अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले बताए । 

प्रतिकृया दिनुहोस
ad