site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर वर्षाको वितण्डाः कहाँ के भयो ?
Sarbottam CementSarbottam Cement

दमक–७ स्थित पशुहाट क्षेत्रको जलमग्न सुकुम्बासी बस्ती । तस्बिरः रासस


काठमाडौं । बिहानैदेखि देशका विभिन्न भागमा वर्षा निरन्तर रुपमा भइरहेका कारण बाढी र पहिरोको खतरा देखिएको छ । जल तथा मौसम विज्ञान विभागले विभिन्न नदीमा बाढी पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ । 

प्रहरी प्रधान कार्यालयले संकलन गरेको तथ्यांकअनुसार देशका विभिन्न ठाउँमा बाढीले जनजीवन प्रभावित हुनुका साथै जनधनको क्षति भएको छ । क्ष्ाितको विवरण आउने क्रम जारी छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

आज (शुक्रबार) बिहान साढे ११ बजेसम्मको विवरण

कैलालीको भजनी नगरपालिका–५ मा रहेको कान्द्रा नदी बढ्न गई जोखिमको सम्भावना भएपछि सो क्षेत्रमा बसोबास गर्ने १४ घर परिवारका ३५ जनालाई घरमा सुरक्षित स्थानमा सारिएको छ ।

Global Ime bank

विराटनगर महानगरपालिका–८ स्थित सिंगिया खोलामा बाढी आई उक्त खोलाको डिलमा बसोबास गर्ने सुकुम्बासी बस्तीका ६० घरमा पानी पसेको छ । आँगनमा पानी पसेकोले सोही खोलाको माथिल्लो डिलमा आ–आफ्नो सरसामान सहित सुरक्षित साथ बसेका छन् । उनीहरुलाई ५० थान त्रिपाल वितरण गरिएको छ ।

बूढीगंगा गाउँपालिका–७ डंग्राहा स्थित खदाम खोलाको किनारमा बसोबास गर्ने उराउ र सरदार समूहका १३ परिवारको घरमा पानी पसी बस्न नसक्ने भएकोले १३ घर परिवारका मानिसहरु नजिकै रहेको प्रगतिशिल विद्यालयको पुरानो भवनमा सारिएको छ ।

यस्तै सुन्दरहरैचा नगरपालिका–१ लक्ष्मीपुर स्थित २ वटा घरको भुइँ तलामा आकाशे पानी पसी बस्न नसक्ने अवस्था भएपछि छिमेकीको घरमा बसेका छन् ।  

धनकुटाको पाख्रिबास नगरपालिका–७ मा पर्ने माङमाया खहरे खोल्सामा आएको बाढीले धनकुटा–भोजपुर सडक अवरुद्ध भएको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–तिलाठी स्थित खाडो खोलामा बाढी आई राजविराजबाट भारतको कुनौली जाने सडक–खण्ड अवरोध भएको छ ।

उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे खोला, किण्डुक खोला र वनडाँडा खोलामा बाढी आई घुर्मी–कटारी सडक खण्ड अवरुद्ध भएको छ ।

ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेल स्थित खहरे खोलाले बाटो बगाउँदा मकवानपुर–ठिंगन–चापागाउँ (कान्ति लोकपथ)सडक खण्ड अवरुद्ध भएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग पुल्चोकमा रुख ढल्दा भवनमा क्षति पुगेको छ ।

भोजपुरको राम प्रसाद राई गाउँपालिका–७ बासिखोरा बस्ने जगत बहादुर राईको फुसको छानो भएको १ तले कच्ची घर अगाडिको गाह्रो भत्कदा पिँढीमा सुतिरहेका जगत बहादुर राई पुरिएर मृत्यु भएको छ । 

ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडा देवीस्थान स्थित बा ४ ख ८६४ नम्बरको गाडी गुडिरहेको अवस्थामा माथिबाट ढुंगा खसी सोही गाडीको पछाडि सवार दिपक घलेको टाउकोमा चोट लागि घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका–२ शुक्रबारे बस्ने वर्ष ३५ का दोर्ण तुम्साको पाली घर पहिरोले बगाउँदा ३ लाख ५० हजार बराबरको क्षति भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लुवाङदिन बस्ने पदम बहादुर तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको १ तले २ कोठे कच्ची घर माथिबाट पहिरो आई उक्त घर आधा भाग बगाएको छ ।

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५ चुप्लुभञ्याङमा पहिरोले पासाङ शेर्पाको ढुङ्गामाटोले बन्दै गरेको टिनको छानो भएको २ तले घर भत्किएको छ ।

कालिकोटको राष्कोट नगरपालिका–१ का गोरे भण्डारीको २ तले, ४ कोठे टीनले छाएको घरको आँगन भास्सिन गई घर अगाडिको तला माथिको २ वटा कोठा भत्किएको छ ।

काठमाडौंं महानगरपालिका–२१ लगन स्थित बिना शाक्यको ढुंगा माटोले बनेको कच्ची पुरानो घर भत्किएको छ ।

उदयपुरको रौतामाई गाँउपालिका–५ अँधेरी खोला स्थित गाईघाट–खोटाङ भित्रि सडक खण्डमा पहिरो गई बाटो अवरोध भएको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भडारे स्थित भडारे खोलामा बाढी आई सिद्धिचरण राजमार्ग अवरोध भएको साथै सोही स्थानमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४१५ नं.को बस उक्त खोलाको बाटो क्रस गर्ने क्रममा फसेको छ ।

काभ्रेको रोशी गाउँपालिका–११ माम्ती, कालढुंगा,पिप्ले र लाशकोट स्थित बिपि राजमार्गको ४ स्थानमा पहिरो आई बाटो अवरोध भएको छ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क र सोलाभञ्ज्याको बीचस्थित बिपि राजमार्गमा माथिबाट पहिरो आई बाटो अवरोध भएको छ । पहिरो झर्ने क्रम जारी रहेको छ । यस्तै सुनकोशी गाउँपालिका–१ कमेरे स्थित बिपि राजमार्गमा पहिरो आई बाटो अवरोध भएको छ ।

मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका–२ देउराली नजिक जंगलमा पहिरो आई हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ च ५१५३ नं.को निउरो लोड गरेको बलेरो गाडी लेदो माटोमा चिप्लन गई सडकको छेउमा पुगी बाटो अवरोध भएको छ ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट स्थित मन्थली–खुर्कोट सडक खण्डमा पहिरो आई बाटो अवरोध भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट स्थित जस्ता र फलामले बनेको प्रभाग नगरकोटको ट्रष्ट हावाहुरीले उडाएको साथै कार्यालय प्रयोजनको लागि रहेको कम्प्युटरमा क्षति पुगेको, कार्यालयको कागजपत्रहरू भिजेको, हाल सामानहरू सोही प्रभागको अर्को भवनमा सारिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC