site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विश्व बैंकले दियो ११ अर्बको सहुलियतपूर्ण ऋण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्व बैंकले नेपाललाई १ सय मिलियन अमेरिकी डलर ऋण प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमबीच विश्व बैंक समूहले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबरको सहलियतपूर्ण ऋण प्रदान गरेको हो ।
सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्बन्धी सम्झौतामा राजस्व सचिव लाल शंकर घिमिरे र विश्व बैंकका देशीय व्यवस्थापक फारिस एच हाडाड–जेर्भोसले हस्ताक्ष गरे । विश्व बैंकले सो सहयोग नेपालको वित्तीय संघीयता कार्यान्वयन थप सुदृढ पार्न तथा सार्वजनिक वित्त व्यवस्थापनमा सघाउ पुर्याउन गरेको जनाएको छ ।
ऋण सहयोग स्वीकार गर्दै राजस्ज सचिव घिमिरेले समन्वयन र क्षमता नेपालको तीनखम्बे अर्थनीतिको एउटा जग भएको बताउँदै उनले सहयोगको जवाफदेशी बन्न सरकार आफ्नो उत्तरदायित्वअनुसार विकास निर्माणमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तिय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । विश्व बैंकले यस अघि पनि नेपालको वित्तिय संघीयताको संरचना निर्माणका लागि करिव २० अर्ब सहायता उपलब्ध गराएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC