site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोहितभन्दा एक रनले पछि परे वार्नर, उछिन्न सक्लान् रुट र विलियम्सनले ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तिम चरणमा आइपुगेको छ । सेमिफाइनलमा सर्वाधिक पाँच पटकको च्याम्पियन अस्टे«लिया र दुई पटकको विजेता भारत पराजित भएसँगै विश्वकप थप रोमान्चक बनेको छ ।

अब आइतबार घरेलु टोली इङ्ल्यान्ड र न्युजिल्यान्डबीच उपाधि भिडन्त हुनेछ । पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ यि दुई टोली आमनेसामने हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

२७ वर्षपछि फाइनलमा पुगेको इङ्ल्यान्ड र गत संस्करणको उपविजेता न्युजिल्यानड विश्वकपको ट्रफी उचाल्ने रणनीतिमा छन् । मुख्य दाबेदार मानिएका दुई टोली अस्टे«लिया र भारत बाहिरिएसँगै नयाँ दुई टोलीको फाइनल रोमान्चक हुने अनुमान गरिएको छ ।

अर्को रोचक पक्ष के छ भने सर्वाधिक रन बनाउने खेलाडीमा यी दुई देशका खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्नेछन् । यो सुनौलो अवसर न्युजिल्यान्डका कप्तान केन विलियम्सन र इङ्ल्यान्डका जोय रुटलाई छ । यी दुवै शीर्ष स्थानमा रहेका रोहित शर्मा भन्दा १ सय र ९९ रनले पछि छन् ।

Global Ime bank

भारतका रोहित शर्मा अहिले कीर्तिमानी पाँच शतकसँगै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । उनले यो विश्वकपमा १४ छक्का र ६७ चौकाको मद्दतमा ६ सय ४८ रन बनाए । उनीभन्दा १ रन कम बनाएका अस्टे«लियाका डेविड वार्नर दोस्रो स्थानमा छन् । ६६ चौका र ८ छक्का प्रहार गरेका वार्नरले ६ सय ४७ रन बनाए ।

बंगलादेशका सकिब अल हसन ६ सय ६ रनका साथ तेस्रो स्थानमा छन् । रोहित, वार्नर र सकिबको टोली बाहिरिएसँगै न्युजिल्यान्डका विलियम्सन र इङ्ल्यान्डका रुटलाई रोहित, वार्नर र सकिबलाई उछिन्ने अवसर छ । जोय रुट ५ सय ४९ रनका साथ चौथो स्थानमा छन् भने विलियम्सन ५ सय ४८ रनका साथ पाँचौं स्थानमा छन् । रुट रोहित भन्दा ९९ रनले पछि छन् भने विलियम्सन १ सय रनले पछाडि छन् ।

फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सके उनीहरु शर्षि स्थानमा उक्लिन सक्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC