site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मलेसियासँगको ट्वान्टी-२० क्रिकेटका लागि नेपाल तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार घरेलु टोलीविरुद्ध पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट खेल्दैछ ।

सिंगापुरमा हुन लागेको आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीमा मलेसिया पुगेको नेपालले दुई अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट अन्तगर्त भोलि पहिलो खेल खेल्न लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाली समयअनुसार खेल बिहान पौने ८ बजे सुरु हुनेछ । केही साताको अभ्यासपछि मलेसिया पुगेको नेपालको लक्ष्य मलेसियासँग जित र एसिया छनोट हुने हो । 

गत जनवरीमा युनाइटेड अरब इमिरेट्स ‘युएई’सँगको एकदिवसीय सिरिज र ट्वान्टी-२० सिरिजपछि नेपाल ट्वान्टी-२० क्रिकेट खेल्न लागेको हो । नेपाल आईसीसी वरीयतामा ११ औं स्थानमा छ भने मलेसिया ३५ औं स्थानमा छ । 

Global Ime bank

भारतीय उमेश पटवाल प्रशिक्षकमा नियुक्तपछि उत्साहित टोली ट्वान्टी-२० विश्वकप खेल्ने रणनितीसहित विदेश भ्रमणमा निस्किएको हो । नेपालले मलेसियासँग दोस्रो अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट आइतबार खेल्नेछ । 

कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, प्रदिप ऐरी, बिनोद भण्डारी र सोमपाल कामी छन् । सन्दीप लामिछानेसँगै दिपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, अभिनास बोहरा, करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफ छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC