site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रेल लाइन र रेल्वे स्टेशन तयार, अघि बढ्यो रेल खरिद प्रक्रिया
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।
 
निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारीस्तरबाट रेल खरिद प्रक्रिया शुरुआत गर्न लागिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । उनका अनुसार रेल खरिदका लागि नेपाल सरकारले रकम पठाइसकेको छ । उनले भने, “केही समयभित्रै रेल आइपुग्नेछ ।”

सो रेल सेट भारतको सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गर्न लागिएको रेल विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए । उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । उनले भने, “हामीले भनेको क्षमताभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

भारतको जयनगरबाट धनुषाको जयनगरसम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निमाण भइसकेको प्रवक्ता चित्रकारले बताए । यो रेलमार्ग भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ ।

जनकपुर-कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको थियो । त्यसको एक-डेढ वर्ष पछिबाट काम सुरु भएको चित्रकारले बताए । भारत सरकारको सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए ।
  
रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । त्यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको पनि अध्ययनको काम अघि बढेको छ ।

Global Ime bank

एक सय ३५ किलोमिटरको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । ७२ किमीको काठमाडौँ–रसुवागढी रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । चार सय २१ किलोमिटर लम्बाइको बुटवल–गड्डाचौकी रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) सम्पन्न भइसकेको प्रवक्ता ज्ञवलीले जानकारी दिए । उनले भने, “थप अध्ययनको कामलाई आगामी आवमा निरन्तरता दिइनेछ ।”
 
रेलमार्गसँगै सडक यातायाततर्फ अघिल्लो वर्षभन्दा उल्लेखनीय काम भएको मन्त्रालयको दाबी छ । चालु आवको अन्त्यसम्ममा ९५० किमी कालोपत्र सम्पन्न हुने प्रवक्ता ज्ञवालीले बताए । असार २० गतेसम्ममा देशभर ८७२ किमी कालोपत्र सम्पन्न भएको थियो । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC