site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा बाढीबाट ७५५ घर डुबान
Sarbottam CementSarbottam Cement

मोरङ । लगातारको वर्षाले मोरङमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । विगत एक सातादेखि परेको पानीले मोरङमा ७५५ घरपरिवार पूर्णरुपमा डुबानमा परी तीन हजार १३ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
    
विस्थापित हुनेमा विराटनगर महानगरपालिका अन्तर्गत वडा नं १, २, ४, ७, ८, १२, १९ र १५ तथा जहदा गाउँपालिका वडा नं १ का घरपरिवार रहेका छन् । प्रहरीका अनुसार विस्थापित परिवारलाई महानगरपालिका वडा नं ८ ले ५० थान त्रिपालको व्यवस्था गरेको छ । यसैगरी अन्य पीडित परिवारलाई सम्बन्धित वडा कार्यालयमार्फत राहत उपलव्ध गराउने काम भइरहेको छ । 
    
बाढीले कटहरी गाउँपालिकामा एक जनालाई बाढीले बेपत्ता बनाएको र निजको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ । निजको सम्बन्धमा विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । राहत र उद्धार कार्यका जनपद प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधि तथा स्थानीय जनसमुदायको सहभागिता रहेको छ । बाढीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सुकुम्बासी टोल डुबानमा 

Prabhu Bank
Agni Group
NIC Asia

अविरल वर्षाका कारण विराटनगर र कटहरी गाउँपालिका भएर बग्ने सिंघिया खोलामा आएको बाढीले कटहरी गाउँपालिकाका–१ का दुई टोल डुबानमा परेका छन् । झझैउरा र बखु टोलका ३० सुकुम्बासीका घर डुबानमा परेका छन् ।
      
घर डुबानमा परेपछि सुकुम्बासी परिवारको विचल्ली भएको छ । बाढीले घरमा बस्न र खाना पकाएर खान सक्ने अवस्था नरहेकाले आफ्ना ससाना बालबच्चालाई कता लग्ने भन्ने पिरले सताएको पीडितले बताएका छन् । 

उक्त वडाका वडाध्यक्ष कपुर माझीले आफूहरु राहतको काममा लागिरहेको र उनीहरुलाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा लगेर खाद्यान्नको व्यवस्था गराउने बताए । - रासस

Global Ime bank

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC