site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीन सरकारीसहित नबील र एभरेष्ट बैंकले अझै बुझाएनन् मर्जरको प्रतिबद्धता
Sarbottam CementSarbottam Cement

काठमाडौं । थप पाँच बैंकले मर्जरमा जान नेपाल राष्ट्र बैंकसमक्ष लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । सिद्धार्थ बैंक, स्ट्ययान्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक र बैंक अफ काठमाण्डुले राष्ट्र बैंकलाई आफू तयार रहेको जनाकारी दिएका छन् ।

यससँगै मर्जरका लागि राष्ट्र बैंकमा प्रतिबद्धता बुझाउने वाणिज्य बैंकको संख्या २२ पुगेको छ । राष्ट्र बैंकमा तीनवटा सरकारी बैंकसहित अन्य ३ बैंकले भने मर्जरको प्रतिबद्धतापत्र बुझाएका छैनन् । ती ८ बैंकमा नबिल बैंक, एभरेस्ट बैंक, प्राइम कमर्सियल बैंक रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विकास बैंक र लघुवित्ततर्फ भने मर्जरका लागि लिखित प्रतिबद्धता बुझाउनेमा सांग्रिला डेभलमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सहयोगी विकास बैंक तथा नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनसहित महिला सहयात्रा माइक्रोफाइनान्स र स्वावलम्बन लघुवित्त वित्तीय संस्था रहेका छन् ।

यसअघि ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जरमा जाने समझदारी भएको छ । यसैगरी प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने समझदारी भइसकेको छ ।

Global Ime bank

पछिल्लोपटक प्रतिबद्धता व्यक्त गर्ने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बेंकले बैंकको बैंकिङ रणनीति (कोर स्ट्र्याटेजी) नबदलेर मर्जरमा जाने अडान लिएको छ । बैंक आफू स्ट्यान्डर्ड चार्टर्ड बैंक नै रही मर्जर गर्ने बताएको हो । यसैगरी नेपाल बंगलादेश बैंकले सञ्चालक र आएफआईसीसँग थप छलफल गर्नुपर्ने जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC