काठमाडौं । उपाधिको लक्ष्यसहित घरेलु टोली इङ्ल्यान्डविरुद्ध खेलिरहेको न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पाँचौं विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा रोस टेयलर गुमाएको न्युजिल्यान्डल पाँचौं विकेटका रुपमा जेम्स निसमलाई गुमाएको हो । ठूलो सट खेल्न खोज्दा निसम लियाम प्लंकेटको बलमा जोय रुटमार्फत क्याच भए ।
यसअघि चौथो विकेटका रुपमा रोस टेयलर १५ रनमा क्रिस वोक्सको बलमा एलबिडब्लुको शिकार भएका थिए ।
ओपनर हेनरी निकोलस ५५ रनमा आउट हुँदा न्युजिल्यान्डको तेस्रो विकेट गुमेको थियो । ७७ बलमा ४ चौका प्रहार गरेका हेनरी प्लंकेटको बलमा बोल्ड भएका थिए । कप्तान केन विलियम्सन ३० रनमा प्लंकेटको बलमा जोस बटलरमार्फत क्याच भए ।
ओपनर मार्टिन गुप्टील १९ रनमा पवेलियन फर्किएका थिए । गुप्टीललाई क्रिस वोक्सले एलबिडब्लु धरापमा पारेका हुन् ।