site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधि जित्‍न इङ्ल्यान्डलाई २४२  रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली इङल्यान्डलाई २४२ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा न्यूजिल्यान्डले २ सय ४१ रन बनाएपछि इङ्ल्यान्डले उपाधि जित्न २ सय ४२ रनको लक्ष्य पाएको हो ।

लर्डसमा टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डका लागि हेनरी निकोलसले अर्धशतक बनाए । ७७ बल खेलेका हेनरीले ४ चौकाको मदतमा ५५ रन बनाए । ओपनर मार्टिन गुप्टील पवेलियन फर्किएपछि कप्तान केन विलियम्सनसँग साझेदारी गरेका निकोलस लियाम प्लंकेटमार्फत बोल्ड भए ।

Prabhu Bank
Agni Group
NIC Asia

टोम लाथम अर्धशतक बनाउन ३ रनले चुके । ५६ बल खेलेका लाथमले २ चौका र १ छक्काको मदतमा ४७ रन बनाए । उनी क्रिस वोक्सको बलमा क्याच भए । कप्तान केन विलियम्सनले ३० रनको योगदान दिए । ५३ बल खेलेका कप्तान विलियम्सन २ चौका प्रहार गर्दै प्लंकेटको बलमा जोस बटलरमार्फत क्याच भए । १८ बलको सामना गर्दै १ छक्का र २ चौकाको मदतमा १९ रन बनाएका गुप्टीललाई वोक्सले एलबिडब्लु धराप पारे ।

जेम्स निसमले १९ रन बनाए । प्लंकेटको बलमा जोय रुटमार्फत क्याच भएका निसमले ३ चौका प्रहार गरेका थिए । रोस टेयलर १५ रनमा मार्क वुडको बलमा एलबिडब्लु शिकार भए ।

Global Ime bank

१६ रन बनाएका कोलिन डि क्रिस वोक्सको बलमा क्याच भए । म्याट हेनरी ४ रन बनाउँदै जोफ्रा आर्चरको बलमा बोल्ड भए । मिचेल स्यान्टनरले ५  रन बनाउँदा टेन्ट बोल्ड १ रनमा अविजित रहे ।

इङ्ल्यान्डका लियाम प्लंकेट र क्रिस वोक्सले ३-३ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरको नाममा १-१ विकेट रह्यो । उपाधिका लागि २ सय ४२ रनको लक्ष्य पाएको इङ्ल्यान्डले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

दुबै टोली उपाधि जित्ने लक्ष्यमा छन् । इङल्याण्ड २७ वर्षपछि फाइनल खेलिरहेको छ भने न्युजिल्यान्ड गत संस्करणको उपविजेता हो । दुबै टोली आज उपाधि जित्दै विश्व क्रिकेटको ४४ बर्षिय इतिहासमा आफनो नाम दर्ता गर्ने रणनीतिमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC