site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाले क-कसलाई बनाउँदैछ जिल्ला इन्चार्ज र सहइन्चार्ज (७७ जिल्लाको सूची)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पुरानै जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिन लागेको छ । 

केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारेको नेकपाका एक स्थायी कमिटीले जानकारी दिए ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणबाट फर्किएपछि सचिवालयको बैठक बसेर कार्यविभाजनको टुंगो लगाउन लागिएको नेकपाका नेताले जानकारी दिएका छन् । यसअघि नेकपाले जिल्ला अध्यक्ष र सचिव बाँडफाँट टुंग्याइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फाँडफाँटअनुसार एमालेले ४४ जिल्ला लिएको थियो भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो । एमालेले अध्यक्ष पाएको जिल्लामा माओवादी केन्द्रले सचिव लिएको थियो । अहिले इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदा एमालेले नेतृत्व लिएको जिल्लामा माओवादी केन्द्रको इन्चार्ज र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेले इन्चार्ज लिने सैद्धान्तिक समझदारी भएको छ ।

सहइन्चार्जको हकमा पनि सोही मापदण्ड लागु हुनेछ ।

Global Ime bank

यसअघि ओली–प्रचण्डले मन्त्री, संसदीय समितिका सभापति, सांसदलाई पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज दिन सकिने प्रस्ताव अघि सारेका थिए । एउटा जिल्लामा एकजना इन्चार्ज र दुईजनासम्म इन्चार्ज तोक्ने प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए ।

तर, नेता नेपालले सिनियर नेतालाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिनुपर्ने र राजकीय (मन्त्री, सचेतक, संसदीय समितिका सभापति) भूमिकामा रहेकालाई जिम्मेवारी दिनु नहुने बताएका थिए ।

चौथो वरीयताका नेता झलनाथ खनाल, पाँचौं वरीयताका  वामदेव गौतमले पनि ओली–प्रचण्डको सूचीप्रति असहमति प्रकट गर्दै विरोध जनाएपछि कार्यविभाजन अलपत्र परेको थियो । बाह्रखरीसँगको कुराकानीमा नेता खनालले ओली–प्रचण्डको सूची ‘एकलौटी’ भएको प्रतिक्रिया दिएका थिए ।

अहिले नेता नेपाल पक्षलाई पनि मान्य हुनेगरी प्रस्ताव अघि सारिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । “उहाँ (माधव नेपाल)को प्रस्ताव समेतलाई मनन् गरी तीनै पक्षलाई मान्य हुनेगरी छलफल भइरहेको छ । सहमति जुटिसकेको छैन । वरीयता र पुरानै कमरेडहरूलाई जिम्मेवारी दिनेगरी छलफल चलेको छ,” उनले थपे ।

अहिले नेता नेपाल श्रीलङ्का भ्रमणमा छन् । र, उनी २९ गते स्वदेश फर्कनेछन् । उनी फर्किएलगत्तै कार्यविभाजन टुंग्याइने नेकपाले जानकारी दिएको छ ।

नेकपामा ४४५ केन्द्रीय सदस्यको कार्यविभाजन हुन बाँकी छ । पोलिट्ब्युरो गठन पनि हुन सकेको छैन । पार्टीको अन्तरिम विधानअनुसार नेकपाले केन्द्रीय कमिटीको एकतिहाइ संख्याको पोलिट्ब्युरो गठन गर्न सक्नेछ । प्रवास कमिटी, ३२ वटा विभाग र केन्द्रीय निकायहरूको गठन पनि हुन सकेको छैन । असार मसान्तभित्र एकीकरण प्रक्रियामा थाँती रहेका काम पूरा गर्ने दुवै अध्यक्षले बताइरहेका छन् ।

एक वर्षदेखि रोकिएको प्रतिवेदन छपाइको काम पनि अघि बढेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । पार्टीको अन्तरिम राजनीतिक कार्यदिशा पनि जनताको जनवाद नै तय भएको छ । 
यस्तो छ सूची 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC