site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बाउन्ड्रीका आधारमा विजेता घोषणा गर्दा आईसीसी नियमको आलोचना
Sarbottam CementSarbottam Cement

बीबीसी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डले आफ्नो नाममा लेखाएको छ । लामो समयको प्रयासपछि विश्वकपको पहिलो संस्करण आयोजना गर्ने इङ्ल्यान्ड उपाधि जित्न सफल भएको हो । 

निकै रोमाञ्चक बनेको फाइनलमा न्यूजिल्यान्डलाई हराउँदै इङ्ल्यान्ड भाग्यमानी सावित भयो । लर्डसमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली इङ्ल्यान्डले २ सय ४१ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा गयो । 

सुपर ओभरमा पनि दुबै टोलीले बराबरी रन बनाए । बराबरी रनपछि धेरै बाउन्ड्री हान्ने नियमका आधारमा इङ्ल्यान्ड च्याम्पीयन बन्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पीयन लगत्तै इङ्ल्यान्डका कप्तान इयोन मोर्गनले न्युजिल्यान्डको प्रशंसा गरे । उनले भने, “केन र उसको टोलीप्रति मेरो सहानुभूति छ । मलाई लाग्छ, फाइनल निकै कडा भयो । यस्तो पिचमा खेल्न निकै मुस्किल थियो । तर अन्तिमसम्म हामीले खेलेर देखायौं । निकै खुसी छौं ट्रफी उठाउन पाउँदा ।”

पराजित टोलीका कप्तान केन विलियम्सनले राम्रो प्रदर्शन गरेको बताए । “हामी टस जितेर पहिले बलिङ गर्न चाहन्थ्यौं । तर रन बनाउन चुनौतीपूर्ण होला भनेर पहिले ब्याटिङ रोज्यौं । फाइनलका लागि २५० सम्म ठिकै हुन्छ लागेको थियो । तर खेल निकै प्रतिस्पर्धात्मक रह्यो,” उनले भने । 

Global Ime bank

बाउन्ड्रीका आधारमा विजेता घोषणासँगै आयोजक अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आचोलना भइरहेको छ । कस्तो नियम बनाएको होला भन्दै क्रिकेट समर्थक आईसीसीको आचोलना गरिरहेका छन् । 

विश्वकपको फाइनल चलिरहेको बेला विम्बल्डन टेनिसको उपाधिको लागि पनि प्रतिस्पर्धा भइरहेको थियो । रोजर फेडेरर र नोभाक जोकोभिक खेलिरहेका थिए । जसमा जोकोभिक जित निकाल्न सफल भए । समर्थकको नजर विश्वकप र विम्बलडनमा थियो । 

लगत्तै विम्बल्डनले आईसीसीलाई मेन्सन गर्दै ट्वीट गर्यो । ट्वीटमा लेखिएको थियो, ‘हेलो आईसीसी, तिमी कसरी खेल सकिएको नाटक गर्छौ ?

केही समयपछि क्रिकेट विश्वकपले ट्वीट गर्यो । जसमा लेखिएको थियो, ‘एक विजेता र दुई च्याम्पीयन ।’ बेलायती प्रधानमन्त्री टेरिजा मेले पनि ट्वीट गरेर इंग्ल्यान्डलाई बधाइ दिइन्, सेलिब्रेसन गरेको भिडियोसहित । 

बधाईसँगै आचोलना भइरहेका बेला भारतीय पूर्वक्रिकेटर गौतम गाम्भिरले पनि आईसीसी नियमको आलोचना गरे । उनले ट्वीटमा लेखे, “विजेताको निर्णय धेरै बाउन्ड्री हान्ने आधारमा भयो, आईसीसीको यो बेतुकको नियम हो । खेल बराबरी हुनुपथ्र्यो । दुवै टिमलाई बधाई दिन्छु, जसले राम्रो खेल खेले । विजेता दुवै हुन् ।’

हालै सन्यास घोषणा गरेका अर्का भारतीय पूर्वक्रिकेटर युवराज सिंहले पनि आईसीसी नियमको आलोचना गरे । “म यो नियमसँग सहमत छैन । तर नियम त नियम नै हो । इंग्ल्यान्डलाई बधाई छ । मेरो सहानुभूति किवीसँग छ । अन्तिमसम्म राम्रो खेल्यो ।”

इङ्ल्यान्डले पहिलो पटक विश्वकपको उपाधि जित्दा विश्व क्रिकेटले २३ वर्षपछि नयाँ च्याम्पीयन पाएको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC