site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जिदान अर्थात ‘मास्टर अफ टेक्निक’
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रान्सेली विश्व विजेता जिनेदिन जिदान विश्व फुटबल इतिहासमा एक महान हस्ती हुन् । जिदानले सन् १९९८ को विश्वकप फुटबलमा पहिलो पटक फ्रान्सलाई विश्व विजेता बनाएका थिए । योसँगै उनले विश्व फुटबलमा एउटा बेग्लै पहिचान बनाएका छन् ।  क्लब इतिहासमा पनि उत्कृष्ट ठहरिएका उनी हाल प्रशिक्षकको भूमिकामा पनि उत्कृष्ट मानिन्छन् ।

फुटबलमा अनेक सीपहरुको प्रयोग गरेर विपक्षी टिमलाई छक्याउन माहिर जिदानलाई ‘मास्टर अफ टेक्निक’ को उपमा दिइएको छ । उनी बल छक्याउने विषयमा पनि माहिर छन् । यसैगरी उनी उत्कृष्ट नेतृत्वशैलीमा पनि चारैतिर चिनिन्छन् । यो पनि भनिन्छ कि उनी सक्रिय भएको समयमा उनले जस्तो बल खेलाउने खेलाडी कोही पनि थिएन ।

अन्तर्राष्ट्रियस्तरका १०८ खेलमा उनले ३१ गोल गरेका छन् । फुटबल जीवनबाट सन्यास लिए पनि उनी फुटबलबाट टाढा भने रहन सकेका छैनन् ।  उनी विश्व फुटबलप्रेमीका लागि कुनै नौलो नाम भने होइन । उनले फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनले नै एकपटक बालोन डी’ओर जित्न सफल छन् भने तीनपटक फिफा वल्र्ड प्लेयर अफ दी इयरजस्ता फुटबल जगतका उत्कृष्ट अवार्डद्वारा सम्मानित भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जिदान सन् १९७२ जुन २३ मा मार्सेले फ्रान्समा जन्मेका हुन् । पाँच वर्षको उमेरमा नै उनी फुटबलसित परिचित भइसकेका थिए ।  आफ्नो छिमेकको  साथीसँग उनी फुटबल खेल्थे । उनी बच्चा छँदा विशेष गरी ओलम्पिकका मार्सेल खेलाडीहरुः, पापिन, फ्रान्सकोली र स्लिस्कोभिकबाट बढी प्रभावित भएका थिए । 

१० वर्षको उमेरमा जिदान जुनियर टिमको रुपमा त्यहाँको स्थानीय क्लबमा आबद्ध भए । मार्सेलको गल्लीमा नै आफ्नो सीपलाई पूर्णता दिए । उनी जम्मा डेढ वर्षजति क्लबमा रहेर खेलेपछि उनी अर्को क्लबमा ट्रान्सफर भए । नयाँ क्लब सेप्टिमेसमा करिब अढाई वर्षजति खेले । त्यसपछि उनी  सीआरईपीएसमा  तीन दिनको तालिमको लागि छानिए ।

Global Ime bank

उनको सीपले गर्दा जिन भाररडको दिलमा बस्न सक्षम  भए । उनलाई त्यहाँबाट कान्स युथ डिभिजन क्लबमा लगियो । जहाँ उनले आफ्नो क्षमतालाई प्रदर्शन गर्ने मौका पाए । कान्सको युथ डिभिजनमा तालिमपश्चात् उनी प्राफेसनल फुटबल खेलाडीका रुपमा कान्समा आए । जहाँ उनले १७ वर्षको उमेरमा पहिलो गोल गरेका थिए । 
सन् १९९२ मा उनी सेलेन्सेमा मिडफिल्डरको रुपमा ट्रान्सफर भए । उनले सेलेन्सेमामा आफ्नो सीपलाई प्रमाणित गर्ने मौका पाए । सीपको कारणले पनि उनी प्रख्यात भए । 

जिदानलाई राम्रोसित थाहा थियो कि बललाई कसरी नियन्त्रण गर्ने, कसरी बललाई पास दिने, डिफेन्सलाई कसरी कुशलतापूर्वक छक्याउने र कसरी बललाई गोलमा परिणत गर्ने ।  सन् १९९६ मा जिदानले इटालीको क्लब युभेन्ट्समा आबद्ध भए । उनले युभेन्टसलाई इटालियन सुपरकप, एउटा युईएफए सुपर कप, इन्टरकन्टिनेन्टल कप र दुईवटा सिरी ए जिताउनको लागि महत्वपूर्ण भूमिका खेले । 

जिदानको ख्याति सन् १९९८ मा विश्वकप खेल्दा झन् बढेको थियो । ब्राजिलसँगको खेलमा फ्रान्सले तीन गोल गरेको थियो । ३ गोलमध्ये जिदानले हाफ टाइम हुनुभन्दा पहिले नै २ गोल हानिसकेका थिए । त्यतिमात्र कहाँ हो र उनी म्यान अफ द म्याच पनि चुनिएका थिए । 

उनी फेरि पनि सन् २००० मा हिरोको रुपमा चिनिने मौका पाए । फ्रेन्स टिमलाई इटालीको विरुद्ध २–१ को अन्तरले हराउँदै युरोपियन च्याम्पियनसिपको हकदार बनाए ।

त्यसको एक वर्षपछि जिदाने स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भए । त्योबेला उनले सबैभन्दा महंगो ट्रान्सफरको रुपमा विश्व कीर्तिमान रचे । तर मड्रिडले गरेको लगानी फलदायी रह्यो किनकि जिदानले क्लबमा आबद्ध भएको पहिलो वर्षमा नै प्रतिष्ठित च्याम्पियन लिग टाइटल जिताए । जिदानको दोस्रो सिजन पनि मड्रिडमा उपलब्धिपूर्ण नै रह्यो । उनले मड्रिडलाई ला लिगा च्याम्पियन जिताउन सहयोग गरे । 

सन् २००६ मा जिदानेले जर्मनीमा सम्पन्न हुने विश्वकपपछि फुटबलबाट  सन्यास लिने निर्णय गरेका थिए । उनको करियरको अन्त्यतिर आइरहेको  थियो । जिदान विश्वकपको फाइनलमा इटालीसित भिड्दै थिए । यसैबेलामा इटालीका मार्कोले जिदानको बहिनीको बारेमा नराम्रो कुरा बताउँदै थिए । जिदानेले आफ्नो टाउकाले मार्कोको छातीमा हाने जसले गर्दा  उनी असक्षम ठानीए । त्यसपछि इटालीले पेनाल्टीमा फ्रान्सलाई पराजित गर्‍यो ।

जिदानेले फुटबलमा अनेक उपलब्धि र सम्मानले आफ्नै विरासत बनाए । फुटबलप्रतिको योगदानको कदर गर्दै युईएफए जुब्ली पोलद्वारा उनलाई बितेको पचास वर्षको युरोपको उत्कृष्ट फुटबल खेलाडीको रुपमा घोषित भए । उनी युरोपमा मात्र सीमित रहेनन् । ब्राजिलका फुटबलका पिता भनेर चिनिने पेलेले बनाएका फिफाको १२५ उत्कृष्ट खेलाडीको सूचीमा आफूलाई १०० स्थानमा पार्न सफल भए । 

उनी सन् १९९८ र २००२ मा फ्रेन्च प्लेयर अफ दी इयरको अवार्डले सम्मानित भए । 
एजेन्सीको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement