site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला फुटबल टोलीको प्रशिक्षण आइतबारबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु मैदानमा आयोजना हुन १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबल टोलीको प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ । वर्षाको समय र अभ्यासका लागि मैदान नपाएपछि महिला टोलीको प्रशिक्षण ढिलोगरी सुरु हुन लागेको हो । 

चैतमा म्यानमारमा भएको ओलम्पीक छनोटको दोस्रो चरणपछि महिला टोलीले कुनै पनि अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । यद्यपि खेलाडीले आफू आबद्ध क्लब र प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्य प्रशिक्षक हरि खड्का आठौं राष्ट्रिय खेलकुद र काठमाडौंमा भएको उपमेयर कपबाट उत्कृष्ट खेलेका खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारीमा छन् । राष्ट्रिय खेलाडीसँगै राम्रो प्रदर्शन गरेका ४० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको खड्काले बताए । 

उनले भने, “तयारीका लागि ढिलो भइसकेको छ । मैदान पनि पाइएन । आइतबारबाट तयारी सुरु गर्छौं,” उनले भने । उनका अनुसार महिला टोलीको प्रशिक्षण बेलुकाको समयमा एन्फा कम्प्लेक्समा हुनेछ । सागअघि महिला टोलीले सेप्टेम्बरमा अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रशिक्षक खड्काले बताए । “मैत्रीपूर्ण खेलको व्यवस्था गर्न एन्फा सकारात्मक छ । किर्गिस्तान र ताजकिस्तानमध्ये एक टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछौं,” प्रशिक्षक खड्काले भने । 

Global Ime bank

महिला टोलीले पछिल्लो समय राम्रो नतिजा ल्याइरहेको छ । गत चैतमा सकिएको पाँचौं महिला साफ च्याम्पीयनसिपमा उपविजेता बनेको टोलीले भारतमा सम्पन्न हिरो वुमेन्स गोल्डकपमा भारतमाथि ऐतिहासिक जित निकालेको थियो । यस्तै ओलम्पीक छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC