site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वडाध्यक्षको हस्ताक्षर किर्ते गरेर कागजात बनाउने पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको किर्ते हस्ताक्षर गरेको अभियोगमा एक सेवाग्राही पक्राउ परेका छन् । ती सेवाग्राहीलाई वडा कार्यालयले किर्ते हस्ताक्षर गरेर काजगात तयार पारिरहेको अवस्थामा फेला परेपछि प्रहरीलाई बुझाइएको हो । 

प्रहरीले किर्ते हस्ताक्षर गरेको अभियोगमा बालालुस्थित अटोपार्टस्का कर्मचारी रविन खत्रीलाई हिरासतमा राखिएको पुष्टि गरेको छ । वडाध्यक्ष रिजालले आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि फर्जी हस्ताक्षर गरेर वडा कार्यालयमा फाइल पेश गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए ।

“उहाँको डकुमेन्ट नपुगेकाले डकुमेन्ट तयार गरेर ल्याउनुस् भनिएको थियो । तर, उहाँले मेरो डुब्लिकेट साइन गरेर फाँटमा गएर काम गर्न खोजेको फेला परेपछि हामीले प्रहरीलाई बुझाएका हौं,” वडाध्यक्ष रिजालले भने । 
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै थप कुरा अहिले नखुलेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC