site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काँक्रेविहारमा घोडा सफारी सुरू
Sarbottam CementSarbottam Cement

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारमा घोडा सफारी सुरू गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयले काँक्रेविहार क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि घोडा सफारीको व्यवस्था गरेको हो । 

काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्र हो । यहाँ वर्षौं पुराना ढुङ्गाबाट बनेका कलात्मक मूर्तीहरुको अवलोकन गर्न पाइन्छ । तीनै मूर्तीहरु जोडेर पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण आयोजना सञ्चालन गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घोडा सवार कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले काँक्रेविहारमा घोडा सफारीका कारण पर्यटकको आगमन बढ्ने दाबी गरे । उनले भने, “स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न पहल थाल्नुपर्दछ ।”, “घोडा सफारी कार्यक्रम पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्न सक्छ”, उहाँले भन्नुभयो, “घोडा व्यवस्थापन समितिले इमान्दारीपूर्वक पर्यटकहरुको सेवामा लाग्नुपर्छ ।”

वीरेन्द्रनगर–९ का वडाध्यक्ष सुरेश मानन्धरले ऐतिहासिक संरक्षित वन काँक्रेविहारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न हाल दुई वटा घोडाको व्यवस्था गरेको जानकारी दिए । “अहिले पर्यटकहरुले काँक्रेविहारको भग्नावशेष मात्र हेरेर फर्कने गरेका छन्, अब घोडामार्फत जङ्गल सफारी पनि गर्न सक्नेछन्”, उनले भने । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC