site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 कंगोली युुद्ध सरदार ‘यौन दासता’मा अपराधी ठहर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कंगोका युद्ध सरदर बोस्को एन्टिएगान्डालाई अन्तर्राट्रिय फौजदारी अदालत (आईसीसी)ले यौन दासताको अपराधमा अपराधी ठहर गरेको छ । फ्रिडम युनाइटेड नामक संस्थाका अनुसार आईसीसीले यौन दासताको अभियोगमा अपराधी ठहर गरेको यो पहिलो घटना हो । बोस्कोमाथि महिला तथा बालबालिकालाई आफ्नो फौजमा बलजफ्ती भर्ती गरेको र यौन शोषण गरेको अभियोगमा मुद्दा चलाइएको थियो । उनीमाथि बाल सैन्य प्रयोग गरेकोलगायत बलात्कार, हत्या जस्ता अनेकौं जघन्य अपराधमा मुद्दा चलाइएको थियो ।

सन् २०१३ मा आईसीसीसमक्ष आत्मसमर्पण गरेका बोस्कोको मुद्दामा यही जुलाई ८ का दिन निर्णय गरिएको हो ।  सन् २००२ र २००३ मा भएका दुईवटा घटनामा भएको अपराधमा उनले नेतृत्व गरेका लडाकुहरू संलग्न रहेको पाइएपछि बोस्कोलाई ‘अप्रत्यक्ष पीडक’ ठहर गरी सजाय दिइएको हो । बेलायतको पत्रिका गार्जियनलाई उद्धृत गर्दै फ्रिडम युनाइटेडले लेखेको छ – क्रूरता र हिंसाका कारण ‘टर्मिनेटर’ का नामले कुख्यात बोस्कोलाई १३ वटा युद्ध अपराध र ५ वटा मानवताविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । उनलाई सजाय सुनाउन बाँकी । बोस्कोलाई जन्मकैदको सजाय हुनसक्ने बताइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC