site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा २८ सय मुद्दा दर्ता, धेरै सम्बन्ध विच्छेद र बलात्कारका
Sarbottam CementSarbottam Cement

दाङ । दाङको देउखुरी जिल्ला अदालतमा आर्थिक वर्ष २०७५–७६ मा २८ सयभन्दा बढी विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका छन् । अदालतले आफ्नो वर्षिक कार्य प्रगति सार्वजनिक गर्दै एक वर्षमा २ हजार ८ सय ७३ वटा मुद्दा दर्ता भएकोमा १ हजार ७ सय ८७ मुद्दा फर्छ्योट भएको जानकारी दिएको छ  ।

अदालतमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । एक वर्षमा ५ सय ७५ महिला र २ सय १२ पुरुष गरी ७ सय ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको न्यायाधिस हेमन्त रावलले जानकारी दिए । रावलका अनुसारा५ सय ५८ जनाको सम्बन्ध विच्छेद भएको छ भने २ सय २९ को बाँकी रहेको छ । त्यसैगरी १ सय ३७ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएकोमा ५७ वटा फर्छ्योट र ८० वटा बाँकी रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जवरजस्ति करणी मुद्दामा १८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति भरणका लागि आदेश भएको न्यायाधिस रावलको भनाइ छ । साथै बहुविवाहहका २७ मुद्दामध्ये १० वटा फर्छ्योट, घरेलु हिंसाका ९ मुद्दा दर्ता भएकोमा ५ फर्छ्योट भएको छ ।

त्यसैगरी, नावालक मुद्दा ९ वटा दर्ता भएका छन् । आत्महत्यामा ४ वटा मुद्द दर्ता भएकोमा ३ वटा बोक्सी आरोपको मुद्दा दर्ता भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC