site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँचौ ग्लोबल आन्टरप्रेनरशिप बूटक्याम्पमा नोबेल पुरस्कार बिजेता प्रोफेसर मुहम्मद युनुस
Sarbottam CementSarbottam Cement

काठमाडौं । चारवटा संस्करण पार गरिसकेको ग्लोबल आन्टरप्रेनरशिप बूटक्याम्प जुन २७ देखि ३० सम्म थाईल्याण्डको बैंककमा भएको पाँचौ संस्करण सम्म पुग्दा फरक हुन पुगेको छ। उद्यमशीलता र आविस्कारको संस्कृतिको विकासका लागि चिनिएको बूटक्याम्पले यसपालि 'सामाजिक उद्यम' नामक नयाँ आयामलाई विशेष महत्व दियो। 'सामाजिक उद्यम' र त्यसको महत्वका बारेमा संसारभरि नै चेतनाको कमि भैराखेको अवस्थामा बूटक्याम्पले त्यस आयामका थालनीकर्ता प्रोफेशर मुहम्मद युनुसलाई कार्यक्रममा निम्त्याएको थियो। 

 'सामाजिक उद्यम' को अवधारणा ल्याएकोमा २००६ को नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका युनुस मुख्य वक्ताका रुपमा ग्लोबल आन्टरप्रेनरशिप बूटक्याम्पमा गएका थिए। ४० देशबाट आएका १६० भन्दा बढी सहभागीलाई सामाजिक समस्या समाधान गर्न सामाजिक उद्यमको भूमिका के कस्तो हुन्छ भनेर युनुसले बुझाएका थिए।  त्यस्ता उद्यमले युवाहरुलाई सामाजिक रूपमा सशक्त बनाउने कुरालाई पनि उनले जोड दिए। 

Prabhu Bank
Agni Group
NIC Asia

युनुस बाहेक एशिया स्कूल अफ बिजनेसको आविस्कार र उद्यमशीलता केन्द्रका निर्देशक राजेश नायर लगायत विभिन्न देशका लगानीकर्ता, सफल उद्यमी र उद्यमशीलताका विज्ञ वक्ताका रूपमा उक्त बूटक्याम्पमा उपस्थित थिए। 

Global Ime bank

उनीहरूका सामु सहभागीहरुले आफ्नो व्यापार नमुना प्रस्तुत गरेका थिए जसमध्येबाट एक-एक वटा विजेता मोडेल र उत्कृष्ट टिम छानि पुरस्कृत गरिएको थियो। आइमेड नामक औषधि खान सम्झाउने र व्यक्तिगत स्वास्थ्यको रेकर्ड राख्ने मोबाइल एप्लिकेशन विजेता मोडेलको रूपमा पुरस्कृत भयो भने के-ट्वेन्टी नामक साना वित्तीय संस्थाका कामकाजलाइ सहयोग गर्ने खालको प्लेटफर्म बनाउने टिमलाई उत्कृष्ट टिमका रूपमा छानियो। 

सुरुवातदेखि नै ग्लोबल आन्टरप्रेनरशिप बूटक्याम्पले आफुलाई एउटा प्रतिस्पर्धामात्रै भन्दा पनि विज्ञसंगको अनतर्क्रिया एवम् युवा पुस्ता, उद्यमी र लगानीकर्ताको सञ्जाल विकास गर्ने थलोका रुपमा उभ्याएको छ। 

बूटक्याम्पको सह-आयोजकका रूपमा सल्भ बिजनेस स्कुल रहेको थियो भने एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको युनुस सेन्टर स्ट्राटेजिक पार्टनर थियो।  त्यसैगरि एशिया स्कूल अफ बिजनेस र पोरस सिटि नेटवर्क नलेज पार्टनर थिए भने लिड्सास चाहिँ बूटक्याम्पको लजिसटिक्स पार्टनर थियो।  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC