site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पोखरामा सालीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या, चारजना पक्राउ
Sarbottam CementSarbottam Cement

कास्की । पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक बस्ने २७ वर्षीया लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली, महेन्द्रपुल बस्ने भोजपुर, भोजपुर नगरपालिका-५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मीको पोखरा महानगरपालिका-२२ कर्कले जंगलमा असार २५ गते शव फेला परेको सम्बन्धमा मृतककै श्रीमान रमेश नेपालीको प्रत्यक्ष संलग्नतामा रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र बदनाम भएकोले लक्ष्मीलाई मार्ने योजना अनुसार अभियुक्तहरुको संलग्नतामा उनको हत्या गरी शव उक्त ठाउँमा फालेको खुल्न आएको छ ।  

Global Ime bank

घटनामा संलग्न हाल नाम थर नखुलेका भारत वतन भएका तीनजनाको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC