site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ज्यान मार्ने धम्की दिएको भन्दै बद्री पंगेनीविरुद्ध उजुरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष एवं लोकदोहोरी गायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने धम्की दिएको उजुरी परेको छ । पंगेनीसँगै विजय सिंह र सुवास अधिकारीविरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो । 

निरमाया दोहोरीसाँझमा डेकोरेसन गरेको पैसा माग्न जाँदा पंगेनीले ज्यान मार्ने धम्की दिएकोभन्दै उनीविरुद्ध सृष्टी फर्निचरका सञ्‍चालक निमा दोर्जी शेर्पाले उजुरी गरेका हुन् । यता, गायक पंगेनीले भने आफू निरमाया दोहोरी साँझमा नरहेको भन्दै आफूले कसैलाई पनि कुनै प्रकारको धम्की नदिएको दाबी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“मैले निरमाया दोहोरी साँझ छोडेको वर्षौं भइसक्यो । मेरो सेयर पनि छैन,”उनले बाह्रखरीसँग भने, “ज्यान मार्ने धम्की दियो भनेर जसले मविरुद्ध उजुरी दियो उहाँहरुलाई म चिन्दा पनि चिन्दिन । आज उजुरी परेको खबर आएपछि पहिलो पटक उहाँहरुसँग मेरो फोनमा कुरा भयो ।”

उनले आफूले धम्की दिएको भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए । चरित्र हत्या गर्ने प्रयासस्वरुप नियोजित रुपमा आफू माथि आरोप लगाइएको उनको भनाइ छ । 

Global Ime bank

“म गाउने मान्छे हुँ । मलाई गाउन दिनुहोस् । मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ,” उनले भने, “गाएर हिँड्ने व्यक्तिलाई किन अनावश्यक आरोप लगाउनुहुन्छ ।”

गायक पंगेनीले आफूसँग नसोधी चरित्र हत्या हुनेगरी विभिन्न सञ्चार माध्यममा समाचार आएको भन्दै त्यसविरुद्ध प्रेस काउन्सिल जाने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC